गल्बुबेसी/ब्यास–१ गल्बुवेसी स्थित छाब्दी प्रवेशद्वार टोल विकास संस्थाले स्थानीय पहलमा शिवालय निर्माण सम्पन्न गरेको छ ।
दैनिक पुजा आराधनाका लागि मन्दिर आवश्यक भएको तर आर्थिक अभावमा निर्माण हुन सकिरहेको थिएन । टोलविकास संस्थाकी अध्यक्ष गंगादेवी गुरुङले भनिन्, स्थानीय जेष्ठ नागरिक शान्ती क्षेत्रीले दुइलाख पाँचहजार रुपैयाँ आर्थिक सहयोग गरेपछि शिवालय निर्माण गर्ने आँट आयो । वडा नं १ ले शिवालय निर्माणका लागि ५० हजार अनुदान उपलब्ध गराएको जानकारी गराउँदै संस्थाका सचिव रामजी तिमल्सिनाले ७० जनाभन्दा बढी दानवीरहरुको सहयोगमा शिवालय निर्माण सम्पन्न भएको बताए ।
नेपाली कांग्रेस टोल कार्यसमितिका सभापति हरिबहादुर थापाले आँटे पुग्ने कथन आफुहरुमा लागू भएको बताए । सात लाख ६८ हजारको लागतमा शिवालय निर्माण सम्पन्न छ । शिवालय निर्माण समितिकी अध्यक्ष शारदा गिरी, निर्माण कार्यको नेतृत्व आफुले गरेको भएपनि टोलबासी सबैको सामूहिक प्रयासले समयमा शिवालय निर्माण सम्पन्न गर्न सम्भव भएको बताउँछिन् । गत शुक्रबार रुद्री सहित शिवालयको प्राण प्रतिष्ठा गरिएको जानकारी गराउँदै निर्माण समितिकी सचिव चन्द्री देवी तिवारीले सामूहिक र एकताबद्ध प्रयासले असम्भवलाई पनि सम्भव बनाउने कुराको उदाहरण शिवालय निर्माण कार्यले प्रमाणित गरेको बताईन् ।
शिवालय मन्दिर निर्माण
previous post