दमौली/व्यास नगरपालिकाले चारवटा कार्यविधिको समिक्षा गर्नुका साथै विभिन्न छवटा निणर्य गरेको छ । विशेष गरी व्यास नगरपालिकाले विश्व आदिवासी दिवसका दिनमा व्यास नगरक्षेत्र भित्र सार्वजनिक विदा दिने निणर्य गरेको छ । अत्यावश्यक सेवा भने सूचारु हुने जनाएको छ । नगरपालिकाले व्यास क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले उपलब्ध गराएको दश प्रतिशतको छात्रबृत्तिको विवरण सात दिनभित्र व्यास नगरपाकिलालाई उपलब्ध गराउन निर्देशन दिने निणर्य गरेको छ । एकिकृत विकास परियोजनाको तुलनात्मक अध्ययन गरी आश्विन मसान्तभित्र पुनरावलोकन प्रतिवेदन पेश गर्न सम्बद्ध कार्यालयलाई निर्देशन दिएको छ । भूमिहिन दलित/सुकुम्वासीलाई उपलब्ध गराईएको निस्सा बमोजिम तिनीहरुको घरजग्गा भाद्र १ गतेबाट नापी कार्य व्यास नगरपालिकाले प्रारम्भ गर्ने भएको छ । पृथ्वीराजमार्गको व्यास नगर क्षेत्रमा पर्ने सडक क्षेत्रभित्रका संरचनाहरु हटाई सडक निर्माण कार्यमा सहयोग गर्न सम्बन्धि घरजग्गा धनिहरुसंग व्यास नगरपालिकाले आग्रह गर्ने निणर्य समेत भएको व्यास नगरपालिकाको सूचना शाखाले जनाएको छ ।
व्यासले गर्यो कार्यविधि समिक्षा एवं छ निणर्य
previous post