दमौली/गोरखा वेल्फेयर ट्रष्ट नेपालद्वारा सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रमले शनिवार दमौली अस्पताल र व्यास नगरपालिकालाई झण्डै दुई लाख सत्तरी हजार भन्दा बढीको कोभिड–१९ सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
दमौली अस्पतालले दमौली अस्पतालमा र व्यास नगरपालिकाले कृषि विकास बैंकको भवनमा सञ्चालन गरेको आईसोलेशन केन्द्रमा आवश्यक पर्ने सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । ट्रष्टले दमौली अस्पतालका सुपरिटेण्डेन्टलाई र व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई शनिवार सञ्चारकर्मिहरुको रोहबरमा कोभिड–१९ सुरक्षा समाग्री हस्तान्तरण गरेको हो । ट्रष्टले दमौली अस्पताललाई एन्टीजेन टेष्टिङ किट समेत २१ प्रकारका सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ भने व्यास नगरपालिकालाई एन्टीजेन टेष्टिङ किट बाहेकका २० प्रकारका सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ सुरक्षा सामाग्री गोरखा वेल्फेयर ट्रष्ट नेपाल द्वारा सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रमका निर्देशक दिपक श्रेष्ठले सुरक्षा सामाग्री हस्तान्तरण गर्नुपूर्व देशभरका ९४ पालिकाहरुमा तीन करोड बराबरको सुरक्षा सामाग्री हस्तान्तरण गरेको बताए । कोभिड–१९ को सरक्षा सर्तकताको उचित व्यवस्थापन ट्रष्टका पितम थापाले मिलाएका थिए । ट्रष्टका एरिया वेल्फेयर अफिसर दमौली भादगाउँका कृष्ण गुरुङ्गले पालिका तथा अस्पतालहरुको सम्पर्क संयोजनको भूमिका निर्वाह गरेका थिए ।
वेल्फेयर ट्रष्टबाट सुरक्षा सामाग्री प्रदान
previous post