विकास आम्दानी र उत्पादन मात्र होइन । जबसम्म गरिबी निवारण हुँदैन, रोजगारीका अवसर सबैको लागि संधैंको लागि पाईँदैन, आम नागरिक विकासको अभियानमा संलग्न हुँदैंनन् । लैंङिक समानता, सामाजिक समावशिकरण जस्ता कार्य सरकारको आर्थिक योजनामा कुशल योजनाविद्बाट बृहत् योजना निर्माण गरिँदैन, तबसम्म विकास सम्भव हुँदैन । हाम्रो छिमेकी देश भारतमा पनि बेरोजगारी, भोकमरी, असमानता जस्ता थुप्रै समस्या छन् ।
त्यस्तै चीनमा पनि आम नागरिक दुइ तिहाई जनता ग्रामिण वस्तीमा अत्यन्त न्यूनस्तरको जीवन यापन गरिरहेका छन् । जहाँ भोक, रोग, बरोजगारीको समस्या भोग्दै आएका छन् । समष्टिगत विकास अवधारणले समुन्नति, निरन्तर उच्च आर्थिक बृद्धिदर, सामाजिक विकास, रोजगारी, बिकासको प्रतिफल समानुपातिक वितरण, वातावरणिय संरक्षण, असमानताको कटौती, गरिबी निवारण जस्ता समग्र पक्षलाई समेटिएको हुन्छ । यस्तो विकास अभियान विज्ञ अर्थशास्त्रीबाट बनाइएको योजनाबाट मात्र सम्भव हुन्छ ।
विकास भनेको सकारात्मक परिबर्तन हो । जस भित्र सामाजिक ,आर्थिक, राजनैतिक, शैक्षिक, प्राबिधिक, वातावरणिय , नैतिक जस्ता विविध पक्षमा आउने सकारात्मक परिवर्तनद्वारा मापन गरिन्छ । सशक्तिकरण विकासको अभिन्न अंग हो । जहाँ मानिस, समाज र वातावरण छ– त्यहाँ विकासको चासो हुन्छ । तसर्थ विकास प्रक्रिया गतिशिल दस्तावेज हो । राज्य सधैं जनता प्रति उत्तरदायी र वफादार हुनु पर्दछ । वर्तमान नेकपाको सरकार शाषक जनताको दीर्घ हित र भलोको सट्टा आफ्नो क्षणिक सत्तामोहको सपना मात्र देखेको छ । साँच्चिकै जन उत्तरदायी सरकारले त देश र जनताको हित, समुन्नति र सबृद्धिको योजना, आयोजना, औद्योगिक विकास, रोजगारीको सृजना जस्ता कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्दछ । सरकारद्वारा जनहित र जनकल्याणकारी कार्यक्रमको निर्धारण गरिएको नीति तथा कार्यनीतिलाई Public policy भनिन्छ । खै यो सरकारबाट जनताको निम्ती कुनै कार्य हुनेवाला छैन । विगतमा नेपाली कांग्रेसले जम्मा गरेको राजश्व बृद्धभत्ताको रुपमा वितरण ग¥यो– सस्तो लोकप्रियता लियो । अहिले बहुमत प्राप्त सरकार हुँदा अत्यधिक कर जनतामा लगाएर शोषण गरी अरब, बेलायत, अमेरिका, दुवई लगाएतका विदेशी बैंकमा रकम जम्मा गरेर जनतामा विकासको सपना देखाउँदै राष्ट्र लुट्ने अभियानलाई सार्थकता दिएका छन् । लोकतन्त्रका स्वतन्त्रता, मुक्ति र सशक्तिकरण विकासका अभिन्न अंग हुन् । यि सबै कार्य बर्तमान सरकाको कार्यशैलीबाट ओझेलमा परेका छन् । सिंहदरवारको अधिकार गाउँ गाउँमा नभई भ्रष्टाचारको अभियान गाउँ गाउँमा भएको छ । विश्व किास प्रतिवेदन– World development report 2019 मा UNDP NEW YORK Times ले भनेको छ, The purpose of development is to widen the range of peoples choices but it is no sum total of time life विकासको आधारभूत उद्देश्य जनताका छनौट गर्ने अवसरको विस्तार गर्नु हो ।
तसर्थ स्वतन्त्रताले निम्न पक्षहरुलाई संवोधन गर्दछ । जस्तै ग्रामिण समाजका सम्पूर्ण जनताको लागि समान अवसरको प्राप्ती । ग्रामिण गरिबी निवारण, ग्रामिण किासमा दीगोपन ल्याउनु र ग्रामिण सशक्तिकरणलाई बढावा दिनु महत्वपूर्ण पक्ष हुन् ।व्यक्ति समुदाय र समाज अन्य राष्ट्रमा परनिर्भर बन्नु अरुको आदेश र इसारामा चल्नु पर्ने विवशतालाई अन्त्य गरी ग्रामिण जनतालाई स्वनिर्भर र स्वावलम्बी बनाई विभिन्न अवसरको छनौटको ढोका खुल्ला राख्नु नै विकासको मूल मर्म हो । यस्तो अवस्थामा मात्र विकासले आफ्नो बाटो तय गर्दछ । वर्तमान अर्थमन्त्री ज्यू यि तथ्यलाई आत्मसात गर्ने आर्थिक् योजनाको निर्माण गर्न, ग्रामिण गरिबहरु आह्वान गर्दछन् । देशका बौद्धिकवर्गले यस्तै यस्तै योजनाको थालनी होस् भन्ने अपेक्षा गरेका छन् । लौ न अर्थमन्त्री ज्यू ढिला नगर्नुस् ।