भानु/रोटयाक्ट क्लब अफ भानुको आयोजनामा भानु नगरपालिकाका युवाका लागि नेतृत्व विकास प्रशिक्षण सम्पन्न भएको छ ।
कलबले नगर क्षेत्रका सबै वडाका युवालाई लक्षित गर्दै आयोजना गरेको प्रशिक्षणको रोटरी क्लब अफ दमौलीका संस्थापका अध्यक्ष एवं संविधान सभासद रामचन्द्र पोखरेलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रशिक्षक रोटरी डिष्ट्रिक्टका वरिष्ठ प्रशिक्षक एवं रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष हरिसिं गुरुङ, प्रशिक्षक श्रृजनशील युवा मञ्च तनहुँका अध्यक्ष एवं दमौली न्युजका सम्पादक पवन पौडेल, रोटर्याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउत, प्रशिक्षक एवं मञ्चका उपाध्यक्ष सुमन श्रेष्ठ, क्लबका अध्यक्ष सन्तोष ढकाल लगायतले बोलेका थिए ।
सो अवसरमा भानु २ का वडा सदस्य गणेश ढकाल, क्लबका उपाध्यक्ष अविन परियार, सुदीप केसीलगायतले युवाहरुलाई सकारात्मक बाटोमा लैजान प्रशिक्षण प्रदान गरिएको बताए ।
सहभागीहरु अप्सना मिया , राजिव राउत लगायतले छोटो अवधिमा पनि आफूहरुले नेतृत्व तथा बोल्ने सीप सिक्न सफल भएको भन्दै त्यसलाई व्यवहारमा उतार्ने बताए ।
भानु २ वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा भानुका नगर क्षेत्रका सबै भागबाट आएका
सहभागीलाई स्वास्थ्य मापदण्ड पालना गरेर प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको
छ ।
रोटयाक्ट भानुको नेतृत्व प्रशिक्षण
previous post