नेपाल जस्ता देशबाट हजारौ युवाहरु रोजगारीका लागि देशबाट दैनिकजसो बाहिरीएको अवस्था छ । देशबाट दैनिक जसो दुई देखि तीन हजारको दरमा युवाहरु रोजगारीको लागि बाहिरिएको अवस्था छ । देशको अर्थतन्त्रमा यसले निकै ठुलो र नकारात्मक भूमिका निर्वाह गरेको छ । खेतबारी बाँझो छ । यसले राष्ट्रमा अरबौंको खाद्य अभाव बढाएको छ। नेपालीहरूको सस्तो श्रमबाट श्रम उपभोग गर्ने देशहरुको अर्थतन्त्र निकै मजबुत बनिरहेको छ ।नेपालको अर्थतन्त्रमा श्रमिकहरुको बहिर्गमन सँगै उत्पादनका हरेक क्षेत्र तहसनहस भएको छ। देशबाट बौद्धिक क्षमता र विशेषज्ञता भएका व्यक्ति बाहीरिएको अबस्था छ । जसले देशको दिर्घकालीन बिकासमा नकारात्मक प्रभाव परेको छ । दिर्घकालीन बिकासमा के कति असर परेको छ कसैबाट खोजी गरिएको छैन । ग्रामिण स्रोत साधनको प्रयोगमा कठिनाई उत्पन्न भएको छ । त्यसैले यस्तो अवस्था बाट बाहिर निस्कन नेपाल सरकारको तर्फबाट राजनैतिक र आर्थिक नैतिकतामा आधारित बिकास अभ्यासको खाँचौ छ । जसको लागि सरकारी योजना निर्माण गर्दा केन्द्र र स्थानिय निकाय विच प्रभावकारी समन्वय, पूर्ण जनसम जनसहभागीतामा आधारित विकास, पूर्ण बिकेन्द्रीकरण, दिगो विकासको ढाँचा अबलम्बन, राज्य जनताप्रति उत्तरदायी, व्यापक शसक्तिकरण, कृषिमा व्यावसायीकरण, सामाजिक न्यायको स्थापना, जनतामा आधारित कल्याणकारी कार्यक्रम, स्थानिय स्तरमै आवश्यकताको पहिचान गरि स्थानिय योजनाको निर्माण गरि विदेशिएका युवालाई प्रचुर रोजगारिका अवसर सृजना गरि देश बिकासमा फर्कन आह्वान गर्न सक्नुपर्दछ। यसबाट उच्च आर्थिक वृद्धिदर हासील गरि जनताको जीवनस्तरमा नाटकिय परिवर्तन ल्याउनु पर्दछ । यस्तो अबस्थामा ल्याउनका लागि शिक्षा, स्वास्थ्य, रोजगारीमा लगानी बढाई उत्पादनमा बृद्धिगरि निर्यात बढाई वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ । जसबाट बचत बढ्नगई पुनः लगानीको मात्रा बढ्नगई अर्थतन्त्र चलायमान हुन्छ । यस्तो अबस्था सृजनागरि अर्थतन्त्रमा सुधार गरिएमा नेपाल पनि पूर्वि एसियाका देशहरु जस्तै जापान, इन्डोनेसिया, कोरीया, हङकङ, सिंगापुरको अवस्थामा फड्को मार्न सक्छ । दिगों- बिकासको सन्दर्भमा नेपाल बिकास मोडलको नामले लाखौ मानिसको पहुँच विस्तार गर्न सकिन्छ । नेपाल बिकास मोडलको नामाकरणबाट राज्यले व्यापक लगानि गर्यो भने आर्थिक अनुशासन, भ्रष्टाचार मुक्त प्रशासनको माध्यमबाट आगामी २०-३० बर्ष भित्र अमेरिका, युरोपको हाराहारीमा प्रतिव्यक्ति आम्दानी बढाउन सकिन्छ । अमेरिकी र युरोपको अर्थतन्त्रको बजारलाई आफ्नो पक्षमा पार्न सफल भएको खण्डमा संम्वृद्ध नेपालको सपना साकार पार्न सफल भइन्छ- के यस्तो शुसासन, प्रतिबद्धता गर्ने सरकार दिन युवाहरु गोलवद्द भइ युवाहरुको सरकार-देश बिकासको आधार भन्ने वाक्यलाई सार्थकता दिन कन्जुश्याई गर्नु हुँदैन।
समुदायको आर्थिक उन्नतिका लागि गरिब वर्गका लागि लक्षित कर्जा, क्षमता र आवश्यकता आधारमा लगानी बढाइ उत्पादन बढाउन सकिन्छ । उत्पादित सामग्रीको स्थानिय निकायले खरिद व्यावस्थापन गरि बजारिकरण गरिदिएको अवस्थामा उत्पादकहरु प्रोत्साहित भै सर्वशुलभ रुपमा आम्दानीको अवसरमा वृद्धि हुन्छ । उत्पादक, विक्रेता, उपभोक्ता बीचमा संन्तुलन कायम भएको अवस्थामा आर्थिक प्रगतिको संकेत अदृश्यहातको माध्यमबाट समन्वय हुन्छ, जसले बचत र लगानीलाई प्रोत्साहित गर्दछ । रोजगारी वृद्धि गरी आम्दानीको स्तरमा सुधारात्मक परिवर्तन ल्याउँदछ।
समुदायको आर्थिक उन्नति र प्रगतिको लागि समुदायको हैसियत क्षमता, र आवश्यकताको आधारमा रोजगारी सृजना गर्ने क्षेत्रमा कर्जा (Micro credit) उपलब्ध गराइ उत्पादन बढाउने उद्देश्य हासिल गर्नु पर्दछ । ग्रामिण सहकारी स्थानिय निकायको मातहतमा स्थापना गरि सानो रकम कर्जाको रुपमा, सहुलियत दरमा लगानीको निश्चीत क्षेत्र तोकी, सजिलो प्रक्रियाबाट कम वा बिनाधितो ऋण उपलब्ध गराई सकारात्मक प्रभाव पार्न सकिन्छ । स्थानिय निकायले आफ्नो अधिकारक्षेत्र भीत्र कर्जा बचत तथा ऋणशाखा स्थापना गरि Monitoring and Control इकाइ बाट नियन्त्रण र अनुगमन गर्न सकिन्छ । भ्रष्टाचारमुक्त प्रशासन, योग्य र प्रशिक्षीत जनप्रतिनिधि बलियो अख्तियार नियन्त्रण शाखाको माध्यमबाट विकासको लक्ष हासिल गर्न सकिन्छ ।
देशमा स्थापित राजनैतिक, आर्थिक, सामाजिक स्वतन्त्रता र शुसासनले स्वच्छ प्रणालिको विकास हुन्छ । पूर्वि रसियन देशको प्रगति र विकाश एउटा मोडेलको रुपमा विकास भएको छ । राजनैतिक स्वतन्त्रता र निर्यातमुखी अर्थतन्त्रले निरन्तरता पाएको छ । प्रजातान्त्रिक शाषन व्यावस्थाले देशको अर्थतन्त्रलाई बिश्व बजारमा बचाइराखेको छ । यसै सन्दर्भमा हेर्दा भारत र चिनले पनि पछिल्लो समयमा विश्व बजारमा एसीयाको शाखलाई बचाइ राखेका छन् । आर्थिक हिसाबले यि दुबै राष्ट्र निकै अगाडि बढ्दै विश्व अर्थ व्यावस्थामा आफ्नो पकड जमाउने र तिब्र आर्थिक वृद्धि हासिल गर्ने निश्चित नै छ । के नेपालको सन्दर्भमा यस्तो अध्ययन गर्दै सुधार गर्ने दिन आउला त ?