राम्जाकोट/ महेन्द्रोदय माध्यमिक विद्यालय ऋषिङ–५ राम्जाकोटको ६४ औं वार्षिकोत्सव तथा अभिभावक सम्मेलन माघ २३ गते शुक्रबार सम्पन्न भएको छ ।
शिक्षक पुष्पा थापाले दिएको जानकारी अनुसार वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ऋषिङ गाउँ पालिका उपाध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथी गिनुमायाँ थापाले विद्यालयलाई आवश्यक सहयोग गर्न गाउँपालिका सधैं तत्पर भएको बताईन् । अभिभावकलाई आफ्ना बालबच्चालाई नियमित विद्यालय पठाउन आग्रह गर्दै उपाध्यक्ष थापाले शिक्षकहरु अभिभावकका गुनासा सम्बोधन गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्न दत्तचित्त भएर लाग्नु पर्ने
बताईन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रधानाध्यापक दुर्गाबहादुर क्षेत्रीले १ करोड १८ लाख रुपैयाँ बराबरको आय–व्यय विवरण तथा विद्यालय प्रगति प्रतिवेदन प्रस्तुत गरको थिए । कार्यक्रमका अवसरमा स्थानीय लाली गुराँस आमा समूह र सूर्यनाथ अधिकारीलाई विद्यालयलाई महत्वपूर्ण सहयोग गरकोमा सम्मानित गरिएको थियो । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले पिटी प्रदर्शन गर्नुका साथै विभिन्न नृत्य प्रस्तुत गरेका थिए । शिक्षक महादेव पोखरेलले सञ्चालन गरेको कार्यक्रममा आगन्तुक अतिथी तथा अभिभावकलाई शिक्षक रामहरि सुवेदीले स्वागत गरेका थिए ।