
चितीखोला÷भानु नगरपालिकाले मस्याङ्गदी नदीमा जलविहारको प्रबद्र्धन गरेर समग्र भानुलाइ पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्ने बृहद सोंचका साथ जल विहार गराएको छ । तनहूँका सम्पूर्ण सञ्चारकर्मिहरुलाइ भानुनगरपालिका साथसाथै जलविहारमा सहभागि गराएर मस्र्याङ्गदी नदीको जलविहार सुरक्षित, भरपूर आनन्दमयी छ भन्ने सन्देश दिन खोजेको छ ।
भानु नगरपालिकाले भानु नगरपालिकाको चितीखोला होमस्टेबाट कार्यक्रमको उद्घाटन गराएर भानु नगरपालिकाभित्र पर्यटकहरुलाइ सुविधा सम्पन्न आवासीय प्रबन्ध समेत रहेको सन्देश दिएको छ । आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाइ आफ्नो आर्थिक हैसियत अनुसारको सुविधा सम्पन्न आवासीय सुविधा लिन सक्ने, पाउने गरी भानु नगरपालिकामा ११ वटा सामुदायिक होमस्टेहरुले सेवा प्रदान गरेको सन्देश भानु नगरपालिकाले दिएको छ ।
भानु नगरपालिका भित्रका मिर्लुङ्गकोट, तनहुँसुर दरवार, थानीमाई मन्दिर, पुरातात्विक महत्वको महादेवको मन्दिर रहेको वेनी जस्ता धार्मिक तथा पर्यटकीय स्थल रहेको भानु नगरपालिकामा मस्र्याङ्गदी नदीमा जलविहार र वडा नं. १० को कोटगाउँबाट प्याराग्लाईडिङ्गको विकाश गर्न सके भानु नगरपालिका पर्यटकीय स्थलको रुपमा परिचित हुने विश्वास भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले लिएको पाईन्छ । नेपाली भाषाको मौलिक पहिचानको उत्गमस्थल चुँदीको पनि थप महत्व र महिमा बढाउन सकिने विश्वासमा गुरुयोजना निर्माण गरेर संभाव्यता अध्ययन भैरहेको सहासिक जलविहारको प्रबद्र्धन उद्घाटन कार्यक्रममा नगरप्रमुख त्रिपाठीले उद्घोष गरेका थिए ।
ग्रीन हिल भिलेज सामुदायिक होमस्टेमा जलविहार प्रबद्धन कार्यक्रमको उद्घाटन गराएर खानाको प्रबन्ध मिलाएर मौसम मस्याङ्गदी नदीमा बढेको जलबहाव समेतलाइ ध्यानमा राखेर तुरतुरेबाट प्रारम्भ गरिएको जलविहार इनिसियटिभ आउटडोरको प्राविधिक सहयोगमा भएको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारीले बताए ।
करिब तीन घण्टाको जलविहार भानुनगरपालिकाको तुरतुरेबाट शुरु भई आँबुखैरेनी गाविसको अकलासम्म पुगेर समापन भएको थियो ।
जलविहारको समापन गर्नु अघि नेपाल पत्रकार महासंघले छ ओटा बोटलाई गोलाकारमा राखेर तनहुँभरिका पत्रकारहरुको उपस्थितिमा फरक शैलीमा आफ्नो नियमित बैठक सम्पन्न गरेर फरक खालको अनुभूति पत्रकारहरुलाई दिलाएको थियो ।
नेपाल पत्रकार महासंघको आयोजना तथा भानु नगरपालिकाको सहयोगमा इनिसियटिभ आउटडोरको प्राविधिक सहयोगमा सञ्चालित मस्याङ्गदी नदी जलविहार कार्यक्रमलाइ गण्डकी प्रदेशका आर्थिक मामिला सचिव राजेन्द्रदेव पाण्डेको प्रोत्साहनसंगसंगै उपप्रमुख उमा गोतामे वडाध्यक्षहरु नहकुल अधिकारी, हरिहर अधिकारी, मिनबहादुर गुरुङ्ग समाजसेवी बासुराज पौडेलको समेत सद्भाव प्रकट भएको थियो ।