
ऋषिङ गाउँपालिका वडा नं. ८ मझकोट निवासी अं. ३२ खुमबहादुर आले असार २४ गते विहान ६ बजेतिर पहिरोमा पुरिनु भएको छ । नेपाल रेडक्रस साेसाइटी ऋषिङ उपशाखाका सभापति रमेश श्रेष्ठले दिनु भएकाे जानकारी अनुसार गोठमा रहेका दुइ भैसी र एक पाडो समेत आलेलाइ पहिरोले पुरेको उपशाखा सभापति श्रेष्ठले जानकारी गराउनु भयाे । विहान ६ बजेतिर भैसी गोठमा गोवर फालेर फर्की सकेका आले पहिरो चल्ने बेला गोठमा छोडिएको मोवाइल लिन जाँदा पहिरोले छोपेको बताइएको छ । आलेको परिवारमा एक पत्नि र तीन छोरी रहेका छन् ।