विश्व मानव सभ्यताका लागि चुनौती बनेको कोरोना संक्रमण नेपालमा पनि भयावह बन्दै गएको छ । चैत्र ११ बाट प्रारम्भ भएको बन्दाबन्दीका बखतमा संक्रमणको अधिकतम सात सय रहेकोमा साउन ६ मा बन्दाबन्दी खुकुलो भएसंगै भयावह बन्दै गएको हो ।
कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै देशको आधा भाग अहिले पनि बन्दाबन्दीमा छ । तर संक्रमण घट्नु साटो दिनदिनै बढ्दै गएको छ । संक्रमण र मृत्युको पछिल्लो तथ्याङ्क हेर्ने हो भने वास्तवमै डरलाग्दो अवस्था सृजना भएको छ । गत बुधवारसम्म संक्रमितको संख्या २४ हजार ४३२ रहेको मा हिजोसम्म आइपुग्दा २८ हजार ९३८ पुगेको छ । जुन दरमा संक्रमण बढेको छ निको हुने दर भने त्यस्तो छैन । गत बुधवार संक्रमण मुक्त हुनेको संख्या १६ हजार ७२८ रहेकोमा साता भरिमा जम्मा त्यो संख्या १७ हजार सातसय पुगेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि यो साता निकै बढ्यो । अघिल्लो बुधबारसम्म ९१ जनाले ज्यान गुमाएकामा यो बुधबार आइपुग्दा त्यो संख्या १२० पुगेको छ ।
पछिल्लो एक हप्तामा संक्रमित चार हजार ५०६ जना थपिए तर निको हुनेको संख्या जम्मा ९७२ मात्र रह्यो । तनहु को हकमा पनि संक्रमण भयावह बनेको छ । यसबीचमा भानु र व्यास नपा संक्रमणको उच्च जोखिममा रहेको भेटियो । कोराको कारण यही साता व्यास–१ की एक महिलाको ज्यान गयो ।
भयावह बन्दै कोरोना संक्रमण
previous post