दमौली/विजया दशमी , शुभ दिपावली तथा छठपर्वको अवसरमा नेपाली कांग्रेस व्यास– ३ को शुभकामना कार्यक्रम सम्पन्न भएको छ । वडा सभापति अनुप रानाको सभापतित्वमा नेपाली कांग्रेसको पार्टी कार्यालयको सभा हलमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् जनसंम्पर्क विभागका प्रमुख गोविन्द्र भट्टराईको प्रमुख अतिथि थिए । शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले “पार्टिको आन्तरिक निर्वाचनमा सम्भव भए सम्म सहमतिको प्रयास गर्ने बताए । कम्युनिष्ट सरकारले प्रारम्भिक अध्ययन समेत नगरी रेल र पानीजहाजको भ्रम पुर्ण खेति गरेको उनले आरोप लगाए
नेपाली कांग्रेस तनहुँका सभापति एवम् व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने, महिला संघ तनहुँकी अध्यक्ष पवित्रा पौडेल, नेपाली कांग्रेस व्यास नगरपालिकाका सभापति सुर्यचन्द्र हड्खले , लगायतले शुभकामना दिएको पार्टी क्षेत्रीय सदस्य रविन पौडेलले जानकारी दिए । वडा सचिव मुमबहादुर वंशीका अनुसार कार्यक्रममा नेता कार्यकर्ताको बाक्लो सहभागीता थियो ।
बडादशैं शुभकामना आदानप्रदान
previous post