वर्तमान सरकार गठनभएसंगै भ्रष्टाचार प्यापक बढेको र प्रधानमन्त्री स्वयंले भ्रष्टाचारीको संरक्षण गर्ने गरको भनेर आफ्नो केन्द्रीय समिति बैठकले निकालेको निश्कर्षलाई अन्ततः ट्रान्सपरेन्सी इन्टरनेशनलको ताजा प्रतिवेदनले पुष्टी गरको नेपाली कांग्रेसले जनाएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले प्रकाशित गरेको विज्ञप्तीमा पछिल्लो एकवर्षमा एशियाली मुलुकहरुमा नेपालको स्थिति भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु दुःखद भएको उल्लेख गर्दै भ्रष्टाचारीको संरक्षण स्वयम् प्रधानमन्त्रीले गरिरहको किटानी विवरण प्रतिवेदनमा रहेको स्थिति देशकै लागि लज्जास्पद भएको बताइएको छ ।
कांग्रेसले प्रतिपक्ष, आम सञ्चार माध्यम देखि ट्रान्सपरेन्सी इन्टरनेशनल सम्मले मात्रै होइन पछिल्लो एक वर्षमा भ्रष्टाचार व्यापक वृद्धिभएको बुँदागत तथ्य स्वयम् नेकपा भित्रै समेत लिखित रुपमै प्रस्तुत भइ सकेको स्थितिमा भ्रष्टाचार विरुद्ध अझ प्रखर आवाज उठ्न, उठाउन र तीब्र दवाव सृजना गर्न जरुरी भएको उल्लेख गर्दे आफ्नो भ्रष्टाचार विरोधी अभियानलाई सालिन ढंगले क्रमशः सशक्त बनाउँदै अघि बढ्ने प्रतिवद्धता जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न प्रधानमन्त्रीलाई आग्रह गरिएको विज्ञप्तीमा एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिन भनेर अभिव्यक्ति दिने अर्कातर्फ भ्रष्टाचाको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले विर्सिदिने, शक्ति प्रधानमन्त्रीका र्यालयमा केन्द्रीत गरेर अति शक्तिले अति भ्रष्ट बनाउँछ भन्ने मान्यतालाई पुष्टी गर्न तर्फ लाग्ने अनि भ्रष्टाचार विरुद्ध उठेका अवाजलाई पुर्वाग्रहपूर्ण देख्ने यस्तो प्रवृत्तिले मुलुकमा झनै वेथिति र भ्रष्टाचार बढाउने अनुमान गर्न सकिने उल्लेख छ ।
ट्रान्सपरेन्सीको प्रतिवेदनले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा धुमिल हुन पुगको अवस्था दृष्टिगत गरी यस विषयमा सत्तारुढ पार्टीको संस्थागत धारण सार्वजनिक गर्न कांग्रेसले माग गरको छ ।
वाइडबडी, बालुवाटार, यती देखि सेक्युरिटी प्रीन्टिङ प्रेस हुँदै स्वास्थ्य सामग्री खरिदसम्ममा भएको भष्टाचार प्रकरण तथा बुढी गण्डकी जलविद्युत परियोजना विवादास्पद विदेशी कम्पनीलाई सुम्पेको लगाएत विषयमा गम्भीर छानविन हुनुपर्ने तथा दोषीमाथी कारवाही गर्नुपर्ने आवश्यकता रहेको कांग्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह ट्रान्सपरेन्सीको प्रतिवेदन पढ्नुस्
previous post