कमजोर राजनैतिक व्यवस्थाले विधिको शासन स्थापित गर्न सक्दैन । दूरगामी सोच नभएका व्यक्तिले सत्ता सञ्चालन गर्दा कमजोर ढंगले आफ्ना कामकारबाही अगाढि बढाउँछन् । भ्रष्ट र निरंकुशताबादी सत्ता वर्तमान सरकारको कमजोरी हो । राजनैतिक व्यवस्थाको कमजोरीको कारण बोल्ने, लेख्ने जस्ता मौलिक अधिकारबाट नेपाली नागरिक कुण्ठित भएका छन् । जस्तै पशुपति शर्माको गीत । जनताहरु संस्थागत भ्रष्टाचार स्वीकार्न बाध्य भएका छन् । आम रुपमा अनिश्चितता बढिरहेको छ । अल्पसंख्यक, विपन्न, सीमान्तकृत वर्गलाई यथोचित योजनाबाट सम्पन्न्तामा ल्याउन सम्बोधन गरिनु पर्ने थियो– सो भएको छैन । आत्म निर्भर अर्थतन्त्र र जनताले चाहेको विकास नमूना अभ्यास गरिनु पर्ने थियो– दूर्भाग्यवस यि सबैकार्य हुन सकेको छैन ।कमजोर राज्यसत्ता, राजनैतिक बेइमानी, भ्रष्टाचार, आन्तरिक द्वन्द्व , गरिबी, थिचोमिचो, जनता र सिपको समन्वयमा असफलता, केन्द्रिकृत राजनीति, कमजोर कानूनी व्यवस्थाका कारण आर्थिक प्रगति उल्टो दिशा तर्फ मोडिएको छ ।
प्रजातान्त्रिक शक्तिहरु कमजोर बने भने यसको भविष्य रहँदैन । त्यसैले नागरिक समाजले राजनैतिक नेतृत्वलाई ठिक ठाउँमा ल्याउँदछ । नागरिक समाज र राजनैतिक शक्तिबीच घनिष्ट सम्वन्ध रहनु पर्दछ । प्रजातान्त्रिक मूल्य र मान्यतालाई वर्तमान नेकपाको सरकारले कमजोर बनाउँदै लगेको छ । जुन दूर्भाग्यपूर्ण अवस्था हो । स्थीर प्रजातन्को लागि आर्थिक समाज बैज्ञानिक हुनु जरुरी छ । विश्वमा चलिरहेका आर्थिक प्रणालीको विश्लेषण गर्दा बजारमा आधारित अर्थव्यवस्था र राज्यमा आधारित अर्थव्यवस्था चलिरहेका छन् । स्थीर प्रजातन्त्रको लागि यि दुवै आर्थिक व्यवस्थाको समायोजन हुनु जरुरी छ । राजनैतिक दलको भूमिका प्रजातन्त्रमा अत्यन्तै महत्वपूर्ण मानिन्छ । प्रजातान्त्रिक व्यवस्था आफैमा प्रतिस्पर्धात्मक राजनैतिक अभ्यास गर्ने थलो भएकोले विभिन्न सिद्धान्त, विचार, दर्शन बोकेका राजनैतिक दलहरुले शान्तिपूर्ण संघर्षको माध्यमबाट आफुलाई सत्तामा पु–याउँछन् र देश विकास गर्ने योजना चुनाबी घोषणा पत्रको आधारमा विकास गरी आर्थिक सम्पन्न्ता हासिल गर्दछन् ।
प्रजातान्त्रिक व्यवस्थामा बल प्रयोगको कुनै गुञ्जायस हुँदैन । कुनै पनि प्रकारको हिंसालाई बैधानिक मान्न सकिँदैन । हिंसाले विकासको बाटोलाई अबरुद्ध पार्दछ । तसर्थ वार्ता र छलफलको माध्यकबाट हिंसा अन्त्य गर्न सरकार बढी संवेदनशिल भएर लाग्नु पर्दछ । सरकार जनताले तिरेको कर खाएर बस्दछ भने आन्दोलन गर्ने व्यक्ति भोकभोकै लडिरहेको हुन्छन् । आखिर यी दुवै शक्ति एकै देशका नागरिक हुन् । कि न यस्तो असहिष्णु व्यवहार ? मानिसहरु आफ्नो स्वार्थलाई संरक्षण गर्न र बृहत् बनाउन निरन्तर संघर्षरत हुन्छन् । सर्वसत्तावादी चरित्रले गरिबी, असमानता, बेरोजगारी र अपराधका प्रवृत्तिहरु बढीरहेको हुन्छन् ।
२१ औं शताब्दीमा सूचना र प्रविधिको क्षेत्रमा आएको क्रान्तिले समाजका प्रत्येक नागरिकलाई दिनदिनै सुसुचित बनाइरहेको छ । यसर्थ सरकारले गम्भीरता पूर्वक समिक्षा गर्दै आफ्ना नीति तथा कार्यक्रम ग्रामिण गरिबको झुप्रोलाई ठूलाठूला महलमा रुपान्तरण गर्नेगरी लागू गर्न ढिला भैसकेको छ । सरकारले सत्तालाई बौद्धिक व्यक्तित्वको थलो बनाउँदै द्रुत गतिमा विकासको कार्य लागू गर्नु पर्दछ । हे सरकार आगामी दिनमा के यस्ता कार्यक्रम देख्न पाइएला ? ग्रामिण गरिबहरु, दूरदराजमा बस्ने दाजुभाइ, दिदी बैनी , बुबाआमा क्षितिजसम्म हेर्दै कुरेर बसिरहनु भएको छ । एउटा ग्रामिण वस्तीमा एउटा बच्चा गरिबीमा जन्मन्छ, गरिबीमा हुर्कन्छ, र गरिबीमै भरिरहेको दृश्य अवका ेदिनमा कसैले पनि देख्न नपरोस । शुभ कार्य प्रारम्भ होस् । हरेक नेपाली नागरिक हार्दिक आह्वान गर्दछन् ।