
२१ औं शताब्दीमा विकास अर्थतन्त्रमा आएका सुधार र जिवनस्तरमा देखिएका परिवर्तनलाई आर्थिक विकास र वृद्धि भन्नुको सट्टा–आर्थिक विकास मोडेल (Economic Development Model) भनिन्छ । गणितको माध्यम बाट आर्तथिक तत्वहरू बिचको सम्बन्ध व्यक्त गर्न सजिलो हुन्छ । विभिन्न देशका भिन्नतालाई दृष्टीगत गरी अर्थशास्त्रीहरुले आर्थिक विकास मोडेल प्रस्तुत गरेका छन् । यस्ता मोडेलको माध्यमबाट आर्थिक विकास गर्न के कस्ता सर्तहरू पुरा हुन पर्दछ भन्ने उल्लेख गरिएको हुन्छ । पूँजी संचय (Capital formation) शसक्त कुन्जि (Key) हो । पूँजी संचयको लगानीबाट यन्त्र, औजार, उपकरण प्राप्त हुन्छरु । यसबाट श्रमिकको उत्पादकत्व बढाएर उत्पादन बढाउन सकिन्छ । मितव्ययिताबाट बढी बचत गर्न सकिन्छ । पूँजीपति वा भूमिपति पूँजि संचय गर्न समर्थ हुन्छन् । श्रमिक वर्गको ज्याला जिवननिर्वाहको लागि मात्र पुग्ने भएकोले उनिहरु बचत गर्न
सक्दैनन् । पूँजी निर्माणको लागि बढी नाफा हुनु आवश्यक छ । नाफाले लगानी प्रेरित गर्दछ । नाफा बढी भएमा बजत पनि बढी हुन्छ । नाफा वाट बचत भएको पूँजी सबै लगानी गरिन्छ । नाफा र पूँजि संचय लगानीको निर्धारक तत्व हो । यसरी लगानी वृद्धिगर्दा रोजगारीका अवसर बढ्न गै बेरोजगारीको संख्या कम हुन्छ । बेरोगारीको दरमा कमि आउँदा समाजमा स्थीरता उत्पन्न हुन्छ । गरिबिको अन्त्य गर्न विभिन्न प्रकारका सहयोगी उद्योगको
(Mutually supporting small scale Cottage industries) स्थापना गरिनु पर्दछ । गरिबि र बेरोजगारीको दलदलबाट निस्कने एकमात्र उपाय विभिन्न प्रकारका उद्योगहरुमा एकसाथ पूँजी लगाउने निति अवलम्वन गर्नुपर्दछ । यसबाट बजारको विस्तार हुन्छ ।
अर्थव्यावस्थाका विभिन्न क्षेत्रमा समानरुपले विकास गर्दै लैजानुपर्दछ । विकासका कार्यक्रमहरुमा सबै क्षेत्रको एकसाथ विकास हुनपर्दछ । सबै जनताले समान रुपमा विकासको प्रतिफल उपभोग गर्न पाएको खण्डमा असमानता र गरिबी निवारण छिट्टै हुन्छ । जसले गर्दा उद्योग, कृषि, घरेलु उपभोगको लागि उत्पादन र निर्यात वियं उचित सन्तुलन राख्न सकियोस । अल्पविकसित समाजका विकासका बाधाहरू हटाउन ‘ठूलै धक्का’ (Big push) आवश्यक हुन्छ । ठूलो धक्काको अर्थ– स्थानिय निकायले राम्रो योजना निर्माण गरेर अर्थव्यवस्थाका सबै क्षेत्रमा एकसाथ व्यापक लगानी बढाउनु पर्दछ । जसरी स्वास्थ्य शरिरको लागि सन्तुलीत आहार आवश्यक हुन्छ– त्यसरी नै संन्तुलीत विकास आर्थिक विकासको लागि आवश्यक हुन्छ । ’संन्तुलीत विकासको आवश्यकता संन्तुलीत आहार आवश्यकतामा आश्रीत छ’ (The case for balanced growth rests on the need for a balanced diet).आविकसित समाजमा दरिद्रताको कुचक्र (Vicious Circle of poverty) हुन्छ । यसले विकासमा अबरोध पैदागर्दछ जसको कारण आन्तरिक बजार सानो हुन्छ । यसबाट लगानीको प्रेरणा कम हुन्छ ।
दरिद्रताको कुचक्र तोड्नको लागि स्थानिय उत्पादन र स्थानिय बजारको विस्तार हुनपर्दछ । बजार विस्तार गर्न विभिन्न बस्तु उत्पादन गर्ने पारस्पारिक सहयोगी उद्योग (mutually supporting industries) स्थानिय स्तरमै स्थापना गर्नु पर्दछ । गरिबिको दलदलबाट निस्कन व्यापक क्षेत्रमा स्थानिय उद्योगी व्यावसायीलाई लगानीको लागि आह्वान गर्दै रोजगारीको अवसर सोही वर्गका व्यक्तिलाई दिँदै बजारीकरण को विस्तार गर्नुपर्दछ । विभिन्न उद्योगमा काम गर्ने मानिसहरु एक अर्काको ग्राहक बन्दछन् । उपभोग्य बस्तु उत्पादन गर्ने उद्योग एक अर्काको लागि पुरक बन्दछन् । बजार उपलब्ध गराउँदछन् । उपभोक्ताका लागि कुनै बस्तुको अभाव रहँदैन । आर्थिक वृद्धिले संन्तुलीत मार्ग समाउँदछ । यस किसिमको लगानीको सिधा आक्रमणले पूँजी लगानीको लहर फैलीन्छ । समाजमा क्रमसः गरिबि घट्दै जान्छ । धनि र गरिब बिचको दुरिको असमानता कम हुँदै जान्छ ।
संन्तुलित रणनिति कायम गर्न निजी उद्यमलाई प्राथमिकता दिनुपर्दछ किनकी निजि उद्यमले बजार प्रेरणाअनुसार काम गर्दछ । अतः आर्थिक विकासको लागि सरकारी निर्देशन वा केन्द्रीय योजना समायोजन आवश्यक हुन्छ । सरकारले लगाती गर्दा बजारको मागको ढाँचा (Effective demand) र परिवर्तनलाई ध्यानमा राखिरहेको हुन्छ । निजि वा सरकारी उत्पादनले सुनिश्चीत योजना र समन्वयलाई एकसाथ मिलाएर लैजाने रणनीति अबलम्वन गर्नु पर्दछ । एक अर्काको परिपुरकको रुपमा उत्पादन उपयोग प्रणालीको समायोजन हुन्छ । जसबाट दिगो विकासको मार्ग अगाडि बढ्दछ र समाजमा परिवर्तन का संकेत देखिन थाल्दछ ।
समाजमा आर्थिक संवृद्धि हासिल गर्न को लागि समयानुसार प्रत्येक स्थानिय तहले आफ्नो स्थान विशेषको अवस्थाको अध्ययनगरि आत्मनिर्भर र संमृद्धि हासिल गर्न बिज्ञ व्यक्तिको हातबाट बनाइएका आर्थिक विकासका मोडेल (Economic Development Model) लागु गर्नु पर्दछ । के यस्ता विकासका मोडेल लागु गरिएको आगामी आर्थिक वर्ष २०८१ ÷ २०८२ मा देशैभर देख्न पाइएला त? आसा गरौं जननिर्वाचीत जनप्रतिनिधी यस्ता योजना कार्यान्वयनका ढाँचा देखाउलान् ।