दमौली/सुक्रबारबाट प्रथम दमौली पाटन साँस्कृतिक एवं पर्यटन महोत्सव शुरु हुँदैछ । श्रम तथा रोजगार मन्त्रि कृष्णकुमार श्रेष्ठले उद्घाटन गर्ने महोत्सव पहिलो दिनको आकर्षण पाटन क्षेत्रको साँस्कृतिक, धार्मिक, मौलिक पहिचान झल्किने ३५ झाँकीहरु हुने आयोजक समितिका संयोजक अमर थापाले बताए ।
पाटन क्षेत्रको धार्मिक तथा साँस्कृतिक महत्व ओझेलमा परेकोले त्यसलाई उजागर गर्ने मूल उद्देश्यका साथ आयोजित महोत्वले पारशर ऋषि, व्यास ऋषिको धार्मिक महत्वको झल्काई पाटनलाई धार्मिक पर्यटनको क्षेत्र पहिचान दिलाउने विश्वास संयोजक थापाले लिएका छन् ।
नेपाली लोक साहित्यको संरक्षण गर्न गायक दुर्गेश थापा, राजु परियार लगायतका थुप्रै कलाकारको कला गला गञ्जुन हुने महोत्सवमा मानुङ्गकोटको ऐतिहासिक, साँस्कृतिक पहिचान र नामाकरणको सन्दर्भका बारेमा प्रसार प्रसार गरिनेछ । अन्तिम दिन व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेद्वारा समापन हुनेछ ।
दमौली पाटन महोत्सव
previous post