चारकुने/व्यास नगरपालिका वडा नं. १ चारकुनेमा बुधबारबाट ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा आएको छ । सो सेवा केन्द्रलाई जलेश्वर ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र नामाकरण गरिएको छ । करिब तीन आना क्षेत्रफलको सार्वजनिक जग्गामा दुई ढलानको भवन निर्माण गरिएको छ । ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माणका लागि विभिन्न क्षेत्रबाट बजेट निकाशा भएको थियो । केन्द्रका लागि गण्डकी प्रदेश सरकारबाट कूल एक्काईस लाख निकाशा भएको थियो । केन्द्रको भवन निर्माण गर्नका लागि व्यास नगरपालिका वडा कार्यालयले एक लाख पचास हजार बजेट उपलब्ध गराएको थियो । त्यसैगरी व्यास नगरपालिकाबाट पचहत्तर हजार निकासा भएको थियो । ज्येष्ठ नागरिकहरुका लागि दिवा खाजाको व्यवस्थापनका लागि पनि बजेट निकासा हुने गरेको छ । सो को लागि संघीय सरकारबाट गत आर्थिक बर्षमा दुई लाख र ग. प्रदेशबाट पचासी हजार बजेट निकासा भएको थियो ।
ज्येष्ठ नागरिक सेवा केन्द्र
previous post