दमौली/नेपाली काँग्रेसको स्वतन्त्र अभियान जिल्ला स्तरीय भेला तथा स्थानीय तह निर्वाचन समिक्षा एवं भावि नीति तथा कार्यक्रममा काँग्रेस नेता गोविन्दराज जोशीले मंसिर ४ गते हुने भनेको संघीय संसदको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेपछि तनहुँको राजनीति तरङ्गित बनेको छ ।
साउन २१ गते शनिवार आयोजित कार्यक्रममा जनचाहानाको कदर गर्दै अन्तिम पटक आफूले उम्मेदवारी दिने निर्णय गरेको घोषण गरेपछि पाँच दलीय गठबन्धन, संयुक्त घोषणा पत्र, संयुक्त चुनाव चिन्हमा चुनावमा जाने निर्णयबाट विचलित भएका आममतदातामा उत्साह जगाएको छ । अर्को तर्फ काँग्रेस नेता रामचन्द्र पौडेलले २०४९ देखि आजसम्म नभनेको नगरेको प्रतिबद्धता ‘तनहुँको विकासको जिम्मा म लिन्छु’ भनेर विनासंकोच भन्दै गर्दा सुन्ने मतदाताहरुले लज्जाबोध गरेका बेला जनताको काम र जिल्लाको विकास गर्ने पहिचान बनाएका नेता गोविन्दराज जोशीले आफूले उम्मेदवारी नदिए स्वार्थी, मतलवी, लुच्चाहरुको विगविगी बढ्ने भएकोले जनचाहाना अनुसार जनताको काम, स्वार्थ र सेवा अलपत्र हुन नदिन तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिने घोषणा गरेपछि उद्योग बाणिज्य संघको हलभरी खचाखच जनसमूहले गडगडाहट तालीले स्वागत गरेको थियो ।
तनहुँ क्षेत्र नं. १ को मतदाताको घरघरमा पुगेर तनहुँको विकासको लिन्छु भनेको नेता रामचन्द्र पौडेलले साउन २१ गते जोशीको घोषणा सुनेपछि भने तनहुँको क्षेत्र नं. १ मा चुनाव जित्ने वातावरण बनाउनका लागि पाँचदलीय गठबन्धनसंग भावि प्रधानमन्त्रीको रुपमा आफ्नो नाम प्रचार गराईदिन अनुनय विनय गरेको विभिन्न सञ्चार माध्यम मार्फत खुल्न थालेको छ । अर्को विकल्पका रुपमा चुनाव जित्ने क्षेत्रको खोजीमा पनि नेता रामचन्द्र पौडेल लागेको समाचार स्रोतहरुले बताएका छन् ।
सभामा बोल्ने बक्ताहरुले गोविन्दराज जोशीलाई नेपाली राजनीतिको कमजोर भूमिकामा पारिँदा देशको राजनीतिले हारेको चर्चा गर्दै जनप्रतिनिधिले कसरी काम गर्नु पर्दछ भनेर देखाउन, सिकाउनका लागि पनि एक पल्ट गोविन्दराज जोशीलाई संसदमा पु¥याउन पर्ने कुरामा जोड दिएका थिए ।