दमौली/व्यास नगरपालिकाका जनप्रतिनिधिहरु व्यास नगरपालिका भित्र सिर्जना भएका समस्या समाधान गर्न ऐक्यवद्ध रहेको आईतवार जारी विज्ञप्तिमा जनाइएको छ ।
व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङ्गद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार व्यास नगरपालिकाका कर्मचारीमा देखिएको समस्यालाईलाई बोली बचन र शैलीगत कारणबाट सृजना भएको समस्या भनेर चित्रण गरिएको छ । यो समस्यालाई सिंगै संस्थाको नीयत भनेर मनगढन्ते टिप्पणी गरिएको आरोप लगाउँदै विज्ञप्ति मार्फत दुःख व्यक्त गरिएको छ ।
व्यास नगरपालिकामा कार्यरत सबै तहका कर्मचारीहरुको सम्मान, सुरक्षा र स्वाभमिानको रक्षा गर्ने दाइत्व नगरपालकिाको भएको कुरा पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
विगत केही समयमा देखिएका कर्मचारीहरु बीचका शैलजिन्य समस्याहरुका बारेमा सामाजिक सञ्जालका टिकाटिप्पणी र केही राजनीतिक दल, युवा संघ, संगठनबाट राखिएका जिज्ञासाका सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति प्रकाशन गरिएको थियो ।
जनप्रतिनिधिको ऐक्यवद्धता
previous post