दमौली/व्यास नगरपालिका वडा नं १० स्थित चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयले विजया दशमी २०८०, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । दशैं अघिको विद्यालय समयको अन्तिम दिन असोज २६ गते शुभमाकाना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको विद्यालयका शिक्षक यमप्रसाद सापकोटाले तनहुँ आवाजलाई वताउनु भयो ।
विद्यालयका प्रधानअध्यापक रामचन्द्र पोखेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमरुमा विद्यार्थीहरुलाई टीका, जमरा र दक्षिणा समेतको आर्शिवाद प्रदान गरिएको थियो । कार्यक्रममा प्र.अ. पोख्रेल, सहायक प्र अ गोकुल थापा, शिक्षकहरु सर्मिला ओझा, भवनाथ गौतम, प्रतिभा पौडेल, सूर्य परियार, लक्ष्मी पौडेल, सीमा श्रेष्ठ, र सर्कलकी अध्यक्ष रोशनी कुँवर लगायतवक्ताहरुले दुर्गा भवानीले शक्ति प्रदान गर्ने कुरा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विविध सांस्कृतिक डाँकीहरु समेत प्रस्तुत गरिएको थियो । सोही शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीहरुले दशैँ सँग सम्बन्धित विविध रचना तथा कविता प्रस्तुत गरेका थिए।
विगतका भन्दा नितान्त फरक शैलिमा गरिएको यस शुभकामना आदान प्रदान गरिएको थियो । अतिरिक्त कृयाकलाप संयोजक शान्ता वास्तोलाले स्वागत गरेको सो कार्यक्रमको संचालन यम प्रसाद सापकोटा ले गर्नुभएको थियो ।
चण्डिदेवीमा दशैं शुभकामना
previous post