अघिल्लो साताको अन्त्यमा उत्कर्षमा पुगेको कोरोना संक्रमण यो साता केही घट्दै गएको छ ।
गत शुक्रबार सबैभन्दा धेरै १ हजार ३५९ कोरोना संक्रमित थपिएकामा यो साता यो दर घट्दै गएको छ । उत्कर्षमा पुगेको त्यो दिनपछि भने संक्रमण दर दिनदिनै घट्दै गएको छ । शनिबार १ हजार ४१ रहेको संक्रमण मंगलबार आइपुग्दा ९०२ मा झरेको थियो । बुधबार १ हजार ८१ नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
संक्रमण मुक्त हुनेको संख्यापनि यो साता उल्लेख्य रह्यो । यो साता मंगलबार सबैभन्दा धेरै २ हजार २८७ जना संक्रमण मुक्त भए । बुधबार ९१८ जना संक्रमण मुक्त भएसंगै ३३ हजार ८८२ जना संक्रमण मुक्त भएका छन् । गत शुक्रबार सबैभन्दा धेरै १४ जना कोरोना संक्रमितले ज्यान गुमाए । बुधबार थप ६ जनाले ज्यान गुमाएसंगै यो संख्या ३१२ पुगेको छ । बुधबार सांझसम्म आइसोलेसनमा रहनेको संख्या १५ हजार २५ रहेका छन् भने क्वारेन्टीनमा रहनेको संख्या ५ हजार ४८० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा आज कुल २३ जनामा संक्रमण पुष्टी भएको छ । जसमा कास्कीमा सबैभन्दा धेरै १० जना रहेका छन् भने तनहुँमा २ महिला र २ पुरुष गरी ४ जनामा संक्रमण पुष्टी भएको छ । संसारभर कोरोना संक्रमणका कारण ९ लाख २ हजार १०८ जनाले ज्यान गुमाइसकेका छन् ।
घट्दै कोरोना कहर
previous post