दमौली/गण्डकी प्रदेश सरकारको आ.व. २०७६÷०७७ को नीति तथा कार्यक्रम भोली शुक्रबार आउने भएको छ ।
बुधबार हिजो कार्यक्रम प्रस्तुत गर्ने पूर्व निर्धारित कार्यक्रम भएकोमा मुसलमान समुदायको पर्व ईद उल फित्रको सार्वजनिक विदा परेका कारण शुक्रबारलाई सारिएको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाामा प्रदेश प्रमुखबाट प्रस्तुत गर्ने परम्परा रहेको छ ।
सरकारको नीति तथा कार्यक्रमको छलफलमा पर्यटनलाई पहिलो प्राथमिकतामा राख्ने सुझाव आएपछि सोही अनुसार गर्न लागिएको बताइएको छ । यसका साथै सरकारको प्राथमिकतामा उर्जा विकास र कृषि तथा पूर्वाधार विकास पनि सरकारको प्राथमिकतामा रहने बताइएको छ । नीति तथा कार्यक्रमसंगै प्रदेश सरकार बजेटको तयारीमा पनि जुटेको छ । प्रिबजेट छलफल पनि सकिएकोले असार १ गते नै आब २०७६÷०७७ का लागि बजेट प्रस्तुत गर्ने तयारीमा आर्थिक मामिला मन्त्रालयका अधिकारीहरु जुटेका छन् । प्रदेश सरकारले आव २०७६÷०७७ का लागि ३४ अर्व हारहारीको बजेट ल्याउन लागिएको बताइएको छ ।