दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले तनहुँमा नेपाली काँग्रेसको वर्चस्व स्थापित गर्न कारवाही फुकुवा होइन, सिट बाँडफाँड अबको सर्त हुने बताउनु भएको छ ।
पुसको १८ गतेबाट मतदाता भेटघाटको तेस्रो चरणको कार्यक्रम शुरु गर्नुभएका नेता जोशीले वि पि विचार समाज तनहुँका दशै पालिकाकाको संयोजकहरुको भेलालाई सम्बोधन गर्दै भन्नुभयो, ‘मेरो कारवाही फिर्ता गर्न मैले नमानेको हल्ला चलाएको नेपाली काँग्रेसले केन्द्रिय समितिबाट अनुशासन समितिको कारवाहीको अनुमोदन पनि नगर्ने, बदर पनि नगर्ने अनिर्णयको अवस्थामा राखेर थप कानुनी उपचारको बाटो बन्द गरेर अन्याय गरेको छ ।’ भन्नुभयो ।
नेपाली काँग्रेसले सात बर्ष अगाडि छोडेको वि पि को बाटोमा नेपाली काँग्रेसलाई फर्काउने वि पि विचार समाजको अभियानले नेपाली काँग्रेसको पहिचान बचाउने अठोट लिएको चर्चा गर्दै नेता जोशीले स्थानीय तहको निर्वाचनमा वि पि विचार समाजमा लागेका साथिहरुलाई सिट बाँडफाँडमा सहभागि नबनाए स्थानीय तहको निर्वाचनमा सहमति कायम हुन नसक्ने बताउनु भयो ।
स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरुसंग सहमतिको बाटो खुल्ला गरेको वि पि विचार समाजले छलफल र बार्ताका लागि क्षेत्र नं. १ र २ मा ३÷३ सदस्यीय समिति समेत गठन गरेको छ । क्षेत्र नं. १ मा हरिशरण पण्डित, शुकुमलाल गुरुङ्ग र केशरबहादुर गुरुङ्गलाई वार्ता समिति तोकिएको छ भने क्षेत्र नं. २ को लागि गोपाल प्रसाद भण्डारी, इन्द्र पौडेल र नरेन्द्र थापालाई सिट बाँडफाँड र सहमतिको बार्ता गर्ने अख्तियारी प्रदान गरिएको छ ।
तेस्रो चरणको कार्यक्रम पुस १८ गते आँबुखैरेनीबाट शुरु गरेका जोशीले १९ गते पालिका संयोजकहरुको भेलालाई सम्बोधन गर्दै माघ मसान्तसम्म वि.पि. विचार समाजको दशै पालिकाको अधिवेशन सम्पन्न गरेर स्थानीय तहमा उठाउने उम्मेदवारहरुको लिस्ट तयार गर्न निर्देशन दिनुभएको वि पि विचार समाज क्षेत्र नं. २ का संयोजक नरेन्द्र थापाले बताउनु भयो ।
पुसको बीस गतेबाट देवघाटबाट गाउँ पस्ने कार्यक्रम रहेको भ्रमण दलका शुकुमलाल गुरुङ्गले बताउनु भयो । तेस्रो चरणमा क्षेत्र नं. १ सबै वडामा पुग्ने कार्यक्रम सम्पन्न हुने बताइएको छ । सो अनुसार अबको भ्रमण कोटा, खाल्टे, छिम्केश्वरी, १३ किलो, बर्धन, बेनिकोट, प्यूघर, साराङ्गघाट, खहरे, कलेस्ती बजार, क्यामिन, मेवावारी, कात्तिके चौर, पुलिमराङ्ग, टुटेपानीसम्मको भ्रमण सकेर २७ गते काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।
चौथो चरणको कार्यक्रममा पालिका अधिवेशन पुग्ने कार्यक्रम अन्तरग काँग्रेस नेता गोविन्द राज जोशीको क्षेत्र नं. २ का सबै पालिका अधिवेशनमा पुग्ने सोंचमा रहेको पाईन्छ । क्षेत्र नं. १ का अधिवेशनमा भने संभव भएका पालिकामा पुग्ने बताइएको छ । जोशीको यो अभियानले नेपाली काँग्रेस तनहूँ नेतृत्वलाई झस्काएको जानकारहरु
बताउँछन् ।
काँग्रेस नेतृत्वसंग अबको सर्त कारवाही फुकुवा होइन, सिट बाँडफाँड
previous post