सामान्यतया कर परिक्षण गर्ने गराउने दायित्व करदाता एवं कर कार्यालय दुवैको हुन्छ । करदाताले तिरेको कर कानुन वमोजिम छ छैन् बढि घटी के छ भनी एकीन गर्नु जरुरी हुन्छ किनभने कर तिर्दा जानी नजानी गल्ती हुन सक्दछ । अर्को तर्फ, कर प्रशासनको लागि पनि करदाताहरुको सहभागीताको अवस्था, पृष्ठपोषणका साथै भावी कार्यक्रम तय गर्न समेत उपयुक्त मार्गदर्शन कर परिक्षणले दिन सक्दछ
कर परिक्षणका सम्वन्धित पक्षहरुः
क) करदता
ख) कर लेखापरिक्षण
ग) कर प्रशासन
घ) महालेखा परीक्षक
ङ) अदालत
क) करदाता
-दर्ता
आयकर(दफा ७८), मू.अ.कर (दफा १०, १०क १०ख) र अन्तःशुल्क (दफा ८ र ९)
-कारोवारको लेखा र पुष्टि गर्ने कागजातहरु
–आयकर ऐन, २०५८ को दफा ८१
–मू.अ.कर ऐन, २०५२ को दफा १६ र १६क
–अन्तःशुल्क ऐन, २०५८ को दफा १०ख
-कर विवरण ः
भुक्तानीमा अग्रीम कर कटी (दफा ९०) नियन्त्रणमा परिवर्तन (दफा ५७), अनमानीत करको विवरण (दफा ९५), बार्षिक आय विवरण (दफा ९६), मू.अ.कर दफा १८, अन्तःशुल्क विवरण (दफा १०क)
करको भुक्तानी गर्दा ः आयकरको दफा ८५मा अग्रीम अग्रिम कर कटीको रकम (दफा ९०), किस्ता बन्दी (दफा ९४), मू.अ.कर (दफा १९), अन्तःशुल्क (दफा ४ ख) र कर निर्धारण भएको रकम सुचनामा उल्लेखीत मितिमा ।
ख. कर लेखापरीक्षणः
सामान्य लेखापरिक्षण र कर लेखा परिक्षण विचको भिन्नताहरु निम्न रहेका छन् ।
सामान्य लेखापरिक्षण
क) निकायको वित्तिय विवरणको परीक्षण गरी आफनो निष्पक्ष राय सहित उक्त निकायको वित्तिय अवस्थाको जानकारी सरोकारवाललाई (व्यवस्थापन, शेयरहोल्डर र अन्य सरोकारवाला निकाय तथा सर्वसाधारण) दिने ।
ख) व्यवस्थापनलाई लेखाका सिद्धान्त मान्यता, प्रणाली र प्रचलन तथा वित्तिय विवरणका सम्बन्धमा नेपाल अडिटिङ्ग स्टान्डर्स उपयोग कसरी भएको छ भनी लिखित रुपमा स्वतन्त्र मन्तव्य वा टिप्पणी गर्ने