पछाडि पछुतो हुन्छ अहम् गर्दा हतारमा
चैतमा डुक्रिने गोरु थला पर्छ असारमा ।
इलामेली कवि सोम निरौलाको यो कवितांशबाट यो आलेख सुरु गर्न मन लाग्यो । यतिबेला देश स्थानीय तहको निर्वाचनको माहोलमा छ । ठूला तथा साना दलहरु र तिनका उम्मेदबारहरु आ–आफ्ना प्रतिवद्धता लिएर मतदाता माझ जान थालेका
छन् । तर यस पटकको निर्वाचन अभियानका क्रममा मतदाताको घरसम्म पुगेको अर्काेपनि कुरा छ, त्यो हो नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको अहंकार र छुद्रता । टेलिभिजन, पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत घरघर पुगेको ओलीबाट प्रस्तुत अहंकार र छुद्रताले भोलीको राजनीति गर्ने पुस्तालाई कस्तो बनाउला ? हाम्रो समाज कस्तो बन्ला ? भन्ने चिन्ता एकातिर छ । यो अहम् र छुद्रताले स्वयम ओलीलाई कहाँ पु¥याउला भन्ने अर्काे पक्ष पनि छ । अहंकारको परिणाम कस्तो हुन्छ भन्ने जान्न मनलागे ओलीले आफु सत्ताच्यूत हुनु परेको निकट विगत हेरे पुग्छ । अलि पर जान मन लागे सबै जितेको अभिमान बोकेर २०६४ को निर्वाचन पछि प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पशुपतिका पुजारी र प्रधानसेनापति हटाउन खोज्दा सत्ताच्यूत हुन पुगेको घटना सम्झे पुग्छ । अझै अलिपर जान मनलागे दाजु जस्तो टुलुटुलु हेरेर नवस्ने अहंकारी अभिव्यक्तिसाथ राजकाजमा सक्रिय हुन खोज्दा गद्दीच्यूत हुन पुगेका तत्कालिन राजा ज्ञानेन्द्रलाई सम्झे पुग्छ ।
अहंकारको परिणाम कस्तो हुन्छ भन्ने विषयमा भ्यागुतो मुल पात्र रहेको एउटा नीतिकथा प्रस्तुत गरेर विषयलाई थप अगाडि बढाउने छु । एउटा इनारमा केही भ्यागुताहरु बस्थे । त्यस मध्ये केही भ्यागुताले इनार बाहिरको संसार कस्तो छ भनेर हेर्न जाने सल्लाह गरे र एकदिन गए पनि । एउटा भ्यागुतो भने गएन । जब भ्यागुताहरु बाहिर गए, तब उनीहरुले हात्ती देखे । फर्केर उनीहरुले इनारमा रहेको भ्यागुतोलाई आफुहरुले बाहिर अजंगको जनावर देखेको बताए । कुवामै वसेको भ्यागुतोमा भने संसारको सबैभन्दा ठुलो जीव आफु नै भएको भ्रम थियो । जब भ्यागुताहरुले उ भन्दा कयौं गुणा ठूलो जनावर बाहिर देखेको बताए तब भ्रम जनित अहंकारको वसमा परेर भ्यागुतोले आफ्नो पेट फुलाउँदै सोध्यो, के त्यो जिव यत्रो थियो ? अरु भ्यागुताहरुले जवाफमा दिए, यो भन्दा धेरै ठूलो थियो । भ्यागुतोले क्रमशः पेट फुलाउँदै सोध्दै ग¥यो, के त्यो जिव यात्रो थियो ? अरु भ्यागुताहरुले जवाफमा भने, होइन अझ ठूलो थियो । असामान्य ढंगले फुलाएपछि भ्यागुतो पेट फुटेर म¥यो ।
हुन त एमाले अध्यक्ष ओलीलाई अहँकार र छुद्रताको पर्याय नै भनेपनि हुन्छ । आइ लभ यू ओलीबा भनेर कतिपय कार्यकर्ताले नारबाजी गरेका कारण आफु महान भएको भ्रम उत्पन्न हुँदा ओलीमा अहंकार पलाएको बुझ्न कठिन छैन । फरक विचार राख्नेहरुलाई तुच्छ गाली गर्ने, उनीहरुको अपमान गर्ने, सबै शक्ति आफ्नो हातमा लिने, सबै निर्णय आफै गर्ने, आफुलाई सर्वज्ञ ठान्ने तथा अरुको काम मन नपाराउने गुण भएका मानिसलाई अहंकारी भनिन्छ र ओलीमा यि सबै गुण छन् ।
उनी प्रधानमन्त्री हुँदाका कुरा गरौं । कोरोनाका कारण रोजगारी खोसिएका नागरिक हप्तौं हिडेर आफ्नो घर फर्कँदै थिए, ओलीले उनीहरुको दुःख बुझ्नु र संरक्षकको भूमिकामा रहेकाले सहयोग गर्नुसाटो नाटक गरेको भन्दै ति नागरिको अपमान गरे, पिडामा नुन चुक छर्के । नागरिकको अपमान त उनले फेरी पनि गरिरहे । नागरिकले गत निर्वाचन मा आफ्नो मत मार्फत उनलाई पाँच वर्ष सरकार चलाउन तर तीन वर्ष हुँदा नहुँदै संसदको विघटन गरे, एक पटक होइन दुई पटक । नागरिकको अपमान गर्ने श्रृङ्खला उनको यक्तिमै टुङ्गिएन । कोरोनाको दोस्रो लहरले सम्पूर्ण विश्व आक्रान्त भइरहँदा उनले नेपाली नागरिककै कारण नेपालमा कोरोना संक्रमण बढेको भनेर अन्तर्राष्ट्रिय सञ्चार माध्यमसंग आक्रोष पोखे ।
पछिल्ला दिनहरुमा उनी अझै अहंकारी र छुद्र हुँदै गएका छन् । गत विहिबार केन्द्रीय सल्लाहकार परिषद्को बैठकमा बोल्दै विपक्षीहरुलाई अलच्छिनी हाप्सिलो संज्ञा दिए । एमालेको सूर्य सिध्याउँछु भन्ने हरुको थुतुनो जलेको भन्दै अत्यन्त छुद्र गालीमा उत्रे उनी । केही दिन अघि अर्थमन्त्री जनार्दन शर्माका सम्बन्धमा व्यक्त ओली विचार त झन यति तुच्छ थियो कि सायद आइ लभ यु ओलीबा भन्नेहरुलाई पनि ओलीको त्यो छुद्रता मन परेन । उनले भनेका थिए, मुखभरी भुत्ला भएको ढेडुले राष्ट्र बैंक खायो ।
निर्वाचन नजिकिँदै गर्दा र जति ढोका चाहारे पनि कुनै पनि दल एमालेसंग सहकार्य गर्न तयार नभएपछि ओलीको छुद्रताले अझ व्यापकता पाएको छ । उनले सत्ताधारी नेपाली कांग्रेसको स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिबद्धता पत्रलाई आफ्नो नक्कल भएको बताए । आफ्ना बारेमा गरिएका आलोचनालाई पागलको प्रलाप भन्दै कांगेसलाई पागल समेत भन्न भ्याए ।
निर्वाचनका बेला फरक विचार राख्नेहरुको आलोचना गर्नु र मैले उसले भन्दा राम्रो काम गर्छु मलाई मत देउ भन्नु स्वाभाविक हो । तर हामी कहाँ आफुले राम्रो काम गर्ने प्रतिबद्धता र कार्यक्रम लिएर मतदाता समक्ष जाने भन्दा पनि फरक विचार राख्नेका प्रति तुच्छ टिप्पणी गर्ने र आफुलाई ठूलो बनाउन खोज्ने प्रवृत्ति मौलाएको छ । र यो छुद्र प्रवृत्तिको अगुवाई अहिले ओलीले गरिरहेका छन् । ओली र छुद्रताको बलमा जनमत बटुल्छु भन्ने जो कोहीले बुझ्नु पर्ने चाहिँ के हो भने छुद्रताले साथी संगीहरुसंगको सम्बन्ध टुट्छ । आफुभन्दा सानाहरु डराउँछन् र नजिक नै
पर्दैनन् । कसैले श्रद्धा गरेको जस्तो देखिन्छ, तर त्यो मनै देखि आएको श्रद्धा हँुदैन । ओलीले विघटन गर्दै गर्दा तपाईँले गतल गर्नुभयो भनेर सुवास नेम्बाङहरुले भन्न नसक्नु , भलनाथ खनाल तथा माधव नेपाल जस्ता कम्युनिष्ट नेताहरुले ओलीको साथ छोड्नु ओली छुद्रताका परिणाम हुन ।
अहमं र छुद्रताको परिणाम अवश्य राम्रो हुने छैन जुन सोम निरौलाको माथि प्रस्तुत कवितांशले पनि बताएको छ । चैतमा डुक्रिएको तर असारमा थलिएको गोरुको हातलमा नेकपा एमालेलाई ओलीले नपु¥याउन भन्ने कामना ।