दमौली/गुरुङ समुदायको मुख्य पर्व तमु ल्होसारमा गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ । गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना प्रशाशित गरेर तमु ल्होसारको दिन आज १५ पुसका दिन सार्वजनिक विदा दिने घोषणा गरेको थियो ।
गण्डकी प्रदेश मुख्य मन्त्री कृष्णचन्द्र नेपालीका मुख्य प्रेस संयोजक भरत कोइरालाले बर्षको शुरुवातमै राजपत्रमा सूचना प्रकाशित गरेर तमु ल्होसार पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको बताए ।
थै नेपाल सरकारले पनि आज सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै विदा दिने बताएको हाे ।