दमौली/ पुष ५ को प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम विरुद्ध देशव्यापि प्रदर्शनमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभरका सबै ६७४३ वडामा विरोध प्रदर्शन गर्ने भएको छ ।
ओलीको उक्त कदमलाई नेकपाको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र बदनियत पूर्ण निन्दनिय कार्य भन्दै आएको कांग्रेसले यस अघि विभिन्न चरणमा गरी विरोधका कार्यक्रम गरिसकेकोछ । संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचारका विरुद्धमा, लोकतान्त्रिक संविधानको रक्षाका पक्षमा जुट्दै विरोधमा उत्रन आग्रह गरको कांग्रेसले पुष १३ मा देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विरोध सभा सम्पन्न गरको थियो ।
संविधानमा भएको व्यवस्था प्रतिकूल र नेपाली जनभावना विपरितको ओलीको कार्य विरुद्ध एकमत हुन आम नागरिकलाई आग्रह गर्दे कांग्रेसले २५ पुषमा देशभरका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन तथा सभा सम्पन्न गरको थियो ।
यसैगरी प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्धमा नागरिकलाई एकमत गराउन तथा लोकतान्त्रिक संविधानको रक्षाका पक्षमा उठ्न आग्रह गर्दै कांग्रेसले माघ ३ मा देशभरका सबै पालिकाहरुमा प्रदर्शन र सभा सम्पन्न गरको छ । सोही दिन तनहुँका दश वटै स्थानीय तहका कांग्रेस कार्यसमितिको आयोजनामा विरोध प्रदर्शन र सभा सम्पन्न गरको छ ।
सदरमुकाम दमौलीमा व्यास नगर समितिले आयोजना गरको विरोध सभामा बोल्दै केन्द्रय सदस्य गोविन्द भट्टराईले कम्युनिस्ट नेताहरुको पद मोहले देशमा संकत निम्तिएको बताए । उनले प्रचण्डको प्रधानमन्त्री बन्ने तथा माधव नेपालको राष्ट्रपति बन्ने मोहले देशमा अस्थिरता निम्तिएको बताए । संविधान सभा सदस्य धु्रव वाग्लेले भीमाद नगर समितिद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै ओलीले चुनाव गराउनका लागि नभई केही दिन सत्तामा रहन निर्वाचनको मिति घोषणा गरको उल्लेख गर्दै ओलीले आफुले हार्ने निर्वाचन नगराउने बताए । यसैगरी भानु नगर समितिको अयोजनामा भएको कार्यक्रममा बोल्दै तनहुँ सभापति बैकुण्ठ न्यौपानेल कांग्रेस संविधान र लोकतन्त्रको रक्षा गर्ने मार्गमा लागेको बताए ।
ऋषिङ गाउँ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यवाहक सभापति जितप्रकाश आलेले संविधान र व्यवस्थालाई नै धरापमा पार्ने कार्य ओलीले गरका कारण कांग्रेस विरोधमा उत्रनु परको बताए । घिरिङमा आयोजित विरोध कार्यक्रममा बोल्दै क्षेत्रिय सभापति राजेन्द्रकृष्ण श्रेष्ठले ओली सरकारले गरको कार्य असंवैधानिक भन्दै संसदको पुनःस्थापनाले मात्रै संविधान र व्यवस्थाको रक्षा गर्न सक्ने बताए । देवघाटमा आयोजित कार्यक्रममा कांग्रेस युवा नेता पूर्णबहादुर गुरुङले ओलीले संविधानको बलात्कार गरेको आरोप लगाए । सोही दिन म्याग्दे, शुक्लागण्डकी, बन्दिपुर, आँबुखैरेनीमा समेत विरोध प्रदर्शन र सभा भएका थिए ।
आज देशभरका वडामा विरोध प्रदर्शन र सभा भएसंगै कांग्रेसको यो चरणको कार्यक्रम समापन हुनेछ । तर कार्यक्रमहरुमा नेताहरुले राख्ने गरको परस्पर विरोधी धारणाका कारण आम कांग्रेसजन भने अन्योलमा छन् । कुनै नेताले संसद पुनःस्थापनालाई जोड दिएका छन् भने कुनै नेताले ओली कदमको विरोध गर्नुपर्ने तर अदालतमा विचाराधिन विषयमा बोल्न नहुने भन्दै आएका छन् ।
आज देशभरका सबै वडामा कांग्रेसको प्रदर्शन
previous post