ए छोटेराजा जनता तिम्रो पक्षमा छन् कि छैनन् भनेर जान्न त गाउँगाउँमा टोलटोलमा गल्ली गल्लीमा चाहार्नुपर्छ । पाटीको अफिसमा बसेर, ८–१० जना पत्रकारको अगाडी जनता मेरो पक्षमा छन् भनेर गफ लाउँदैमा हुन्छ ? चुनाव जितेपछि गाउँ फर्कन पनि तिमिलाई या त रीबन काट्न बोलाउनुपर्छ या त सभा राखेर भाषण गर्न । अनि के शुरले जनता मसँग खुशी छन् भन्न सकेको हो ?
वैशाख ३० नजिकिंदै गर्दा चुनावी सरगर्मी र नेताहरुको सक्रियता पनि झन् झन् बढ्दै गएको छ । वैशाख ३० मा हुने भनिएको स्थानीय निकायको चुनाव सायद अब कुनै पनि कारणहरुले गर्दा नरोकिएला । एउटा आम नागरीकको हैसियतले भन्दा नरोकियोस् पनि किनभने विधिको शासनको अभ्यास गरिरहेको राज्यमा समयमै निर्वाचन हुनु भनेको पनि एउटा राम्रो सङ्केत हो । तर नेपालको हकमा अहिलेको अवस्थामा कुरा गर्दा आउँदै गरेको स्थानीय निकायको चुनावले राजनीतिक पाटीको नेताहरुलाई मात्र छोएको छ कि आम जनता र पार्टीको कार्यकर्ताहरुलाई पनि तरङ्गित बनाएको छ ? नेतृत्वमा बसेकाहरुले यो कुरा बुझ्नु र महशुस गर्नु जरुरी छ । सोझो र सरल भाषामा भन्ने हो भने चुनावको कुराले आम मनिसमा कति पनि उत्साह जगाउन सकेको छैनः विशेष गरी ठूलो भनिएका राजनीतिक दलहरुको चालामाला देख्दा । उत्साह जागोस् पनि कसरीः उहि घिसेपिटेका अनुहार, उहि थोत्रो नारा, उहि पुराना सपनाहरु, उहि पुरानो ढर्राको शब्दको बोझले मात्र थिचिएको घोषणाहरु । उत्साह त परको कुरा हो बरु नैराश्यता बढेको छ । राजनीतिक सिद्धान्त प्रति आस्था नराखेर तटस्थ बस्ने आम नागरीकमा मात्र होइन स्वयम् पाटी पाटी भनेर पछि लाग्ने कार्यकर्ताहरुमा पनि नेताहरुको व्यवहारले गर्दा उदासिनता र विद्रोह जन्मने ठाउँ दिएको छ । चुनावले छोएको छ यदि कसैलाई भने खाली त्यसलाई छोएको छ जो टिकट पाउँछुकी भन्ने आशमा छ या त बिचौलिया बनेर कमाउने दाउमा छ ।
चुनावको मिति नजिकिंदै गर्दा भईरहेको गतिविधिहरुलाई दुईवटा पर्दामा राखेर चित्रण गर्दा बुझ्न सजिलो हुन्छ । एउटा पाटी पाटी बिचको दृश्य देखाउने पर्दा अर्को पाटीभित्रको आन्तरीक दृश्य देखाउने पर्दा । यी दुवै पर्दामा देखिएको दृश्यहरु सबैमाझ छर्लङ्ग छ । यि पट्यारलाग्दो दृश्यलाई व्याख्या गर्न शब्द खर्चिराख्नुको तार्किक औचित्य होला या नहोला तर वाक स्वतन्त्रता भएको राज्यमा आफ्नो मनका गुनासोहरु पोख्ने र जिज्ञासाहरु राख्ने अधिकार त सबैलाई हुन्छ । बस् त्यसैको सदुपयोग गर्दैछु ।
राजनीतिक दलहरुको बारेमा त के कुरा गर्नु कति कुरा गर्नु । अरबौं खर्चेर, जनतालाई चुनावको झिलिमिलि देखाएर, फेरी पनि मिलिजुली देशलाई लुट्ने योजना बनाउँदैछन् । यता हे¥यो गठबन्धन, उता हे¥यो चुनावी तालमेल, एउटा पाटीले हात समाएको छ, अर्कोले अर्कोलाई काँध थापेको छ । हैन जसरी हुन्छ मिलेरै लुट्ने हो भने चुनावको नौटङ्की किन गर्छौ नेता हो ? चुनाव गराउने पैसा पनि मिलिजुली बाँडे भो त ? वर्तमान प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापतिको धरणा सुन्दा यति वैराग लागेर आयो कि कस्तो मान्छेलाई सभापति छानिएछ भन्दै होलान् काँग्रेसीजनहरु । भन्न पनि कसरी सकेको होला गठबन्धनकै भरमा प्रधानमन्त्री भा छु धोका दिन मिल्दैन । अनि देश र जनतालाई धोका दिन चाहिँ मिल्छ ? राज्य र जनतालाई छलछाम गरेरै भएपनि अझै प्रधानमन्त्री भईराख्ने हो ? पाटीको सिद्धान्त र निष्ठालाई यसैगरी लात मार्नको लागि हो लाखौं काँग्रेसीहरुले पाटी सभापनि बनाएको ? हिजो छानीछानी काँग्रेसीहरुलाई गिड्ने सँग कसरी आज हात मिलाउन सक्यौं ? अलिकति पनि हात काँपेन ? धिक्कारेन अन्तर आत्मले ? यि कुनै पनि प्रश्नको उत्तर सायद देउवासँग छैन । किनभने यि सबै प्रश्नहरुको उत्तर दिन नैतिकता चाहिन्छ । नैतिकतालाई कुर्चीसँग सौदाबाजी गर्नेहरुसँग अक्सर उत्तर हुँदैन ।
पाटी पाटी बीच बडेराजाहरुलाई जति गाली गरेपनि हुनेवाला केहि छैन । सबक सिकाउने नै हो भने भोट हाल्दा विवेकको प्रयोग गर्नुपर्छ । यहाँ चुरीफुरी त छोटे राजाहरुको पनि कम छैन । आसन्न निर्वाचनमा वडा देखि पालिकासम्म धेरै जसो उम्मेदवारहरु दोहोरीने दाउमा छन् । दोहोरीनको लागि आफ्नो क्षमताले भ्याएसम्म कसरत गरिरहेका छन् । दोहोरिन चाहनेहरु प्राय सबैको एउटै तर्क छ, अधुरा कामहरु पुरा गर्नु छ । आफुले सिकेका अनुभवहरु बटुलेर फेरी एकपटक जनताको सेवा गर्ने मन छ । मेरो कामसँग जनताहरु खुश्ी छन् । जनमत मेरो पक्षमा छ । ए छोटेराजा जनता तिम्रो पक्षमा छन् कि छैनन् भनेर जान्न त गाउँगाउँमा टोलटोलमा गल्ली गल्लीमा चाहार्नुपर्छ । पाटीको अफिसमा बसेर, ८–१० जना पत्रकारको अगाडी जनता मेरो पक्षमा छन् भनेर गफ लाउँदैमा हुन्छ ? चुनाव जितेपछि गाउँ फर्कन पनि तिमिलाई या त रीबन काट्न बोलाउनुपर्छ या त सभा राखेर भाषण गर्न । अनि के शुरले जनता मसँग खुशी छन् भन्न सकेको हो ? अधुरा काम पुरा गर्नुछ भन्छौं । पहिलेको अधुरो काम अहिले गरेर, अहिलेको चाहिँ कहिले गर्छौं ? अर्को चुनाव पछि ? काम अधुरै भएपनि अरुले पुरा गर्दै गर्दैनन् त ? तिमिनै चाहिन्छ भन्ने केहि छ ? अनुभव बाँडेर काम गर्ने मन छ भन्छौं । तिम्रो अनुभव र ज्ञानको कुनै जोशिलो युवालाई मार्गदर्शन गर्न हुँदैन र ? गएको चुनावमा तिमि पनि त अनुभवविहिन थियौ । पाँचवर्ष कटायौं त जसोतसो । सधैभरी अनुभव अनुभव भनिरहन्छौं भने अर्कोले पालो कहिले पाउँछ भन त छोटे राजा ! यि छोटे राजाहरुले जति नै, जनताको सेवा गर्न अब एकपटक म भनेर भनेपनि खास कुरा सेवाको होइन मेवाको
हो । दृश्यत रुपमा आउने तलब, भत्ता, सवारी सुविधा, सुरक्षा सुविधा नै्र एउटा शाखा अधिकृतको भन्दा ज्यादा छ । अदृश्य स्रोतको यहाँ कुरा नगरौं होला । त्यसैमाथि सोझा साझा जनताले वडाध्यक्ष ज्यू मेयर साप भनेर टक्राउने अभिबादनको मज्जा त छँदै छ । जतिनै जनताको सेवक हुँ भनेपनि तीनै जनताको अगाडी टम्म फुलेर धाकसँग हिड्न पाईहालिन्छ । अनि त जसलाई जी हजुरी गरेर भएपनि फेरी एकपटक मौका र्पा हुन्थ्यो भन्नै प¥यो । हैन त छोटे राजा ? छोटे राजा भईसकेकाहरुको मात्र होइन हुन चाहनेहरुको पनि उस्तै छ ताल । यसरी पदको दावी गरीरहेका छन् मानौं आफ्नो भागको अंश माग्दैछन् । आफ्नो दृष्टिकोण के हो ? योजना के छ ? केहि छैन । खाली भाग चाहियो । पालो मेरो हो । न यहाँ भइसकेका हरुसँग नयाँलाई पालो दिउँ भो भन्ने भावना छ न त नयाँसँग एकपटक अनुभवीलाई नै पालो दिऊँ भन्ने नै । सबैको एउटै माग छ यसपटक मलाई । कोसँग हात मिलाउँदा चुनाव जितिन्छ भन्ने बडेराजालाई पिर, कुन बडेराजाको आर्शिवाद पाए टिकट पाईन्छ भन्ने छोटेराजाको पिर । वाह रे वाह कुर्चीको मोह ।
राजनीतिक पाटी र नेताहरुको कन्तबिजोगको गाथा धेरै गाईरहनु पर्दैन । तर बिजोग त आम कार्यकर्ता र मतदाताको पनि छ । गलत मान्छेलाई पाखा लगाउन जो हामी सक्दैनौं । पाटीको नाममा जो हामी बाँडिएका छौं । जो उठेपनि, जस्तो उठेपनि के गर्नु आफ्नै पाटीको हो भन्यो । ठ्याप्प छाप लाईदियो अनि अरुबेला कराएर मात्र के गर्नु ? लौत यसपालि चुनावमा उठ्ने गलत उम्मेदवारहरुको जमानत सम्मपनि फिर्ता नहुने गरी चेत खुवाईदिऊ त ? पाटीको आस्था एकातिर, एक पटक हाम्रो होइन राम्रो मान्छेलाई भोट हाली हेरौं त ? अनि कसो हुँदो रहेछ ? दिनदिनै गनली गर्नुभन्दा त एकदिन विवेश पु¥याउनु धेरै उत्तम कुरा होइन र ?