दमौली/दमौली अस्पाल र प्राथमिक स्वास्थ्य केन्द्र भिमादलाई एक÷एक थान कन्सनट्रेटर शनिवार दमौली अस्पतालमा आयोजित एक कार्यक्रमका बीच प्रदान गरिएको छ ।
हङकङ नेपाली महासंघका प्रतिनिधि आकाश उप्रेतीले ती सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
अंक्सिजन कन्सनट्रेटर दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुनिल पौडेलले ग्रहण गर्नुभएको थियो भने प्राथमिक स्वास्थ्य केन्द्र भिमादका लागि उपलब्ध गराईएको अक्शिजन कन्सन्ट्रेटर स्वास्थ्य कार्यालय तनहुँकमा लेखापाल कृष्ण न्यौपाने मार्फत हस्तान्तरण गरिएको समाजका सचिव सुबित गुरुङले जानकारी दिए ।
दुई थान अक्सिजन कन्सन्ट्रेटर हंककङ नेपाली महासंघ र सोअर्स एक्सन हंककङको संयुक्त आर्थिक व्यवस्थापनमा उपलब्ध गराइएको थियो । हरेक जिल्लाका दुई स्वास्थ्य केन्द्रमा अक्सिजन कन्सनटे«टर प्रदान गर्ने योजनाका साथ देशका ७७ जिल्लामा पुगिने योजना रहेको कार्यक्रम संयोजक एवं हंककङ नेपाली महासंघका पूर्व अध्यक्ष रिता गुरुङले जानकारी दिइन ।
हंककङ नेपाली महासंघका अध्यक्ष टेक रानाले कोभिडको समयमा स्वास्थ्य क्षेत्रलाई सानो भए पनि सहयोग गर्ने अभियान स्वरुप कन्सनट्रेटर प्रदान गरिएको बताए । उक्त कार्यक्रम तनहुँ समाज हंककङका तनहुँ कार्यक्रम संयोजक प्रदीप काफ्लेले सञ्चालन गरेका थिए
अक्सिजन कन्सनट्रेटर प्रदान
previous post