उच्च शिक्षाको प्रवेशद्वार भनिने यस वर्षको एसइई परीक्षा आजबाट शुरु हुने सम्पूर्ण तयारी पुरा गरी एकाएक स्थगित भएको छ । यस वर्ष झण्डै पाँचलाख विद्यार्थीहरु यो परीक्षामा सहभागी हुँदैथिए । विसं १९९० बाट प्रारम्भ भएको नेपालको एसएलसी परीक्षा केही वर्ष अगाडीदेखि एसइईको नामबाट सञ्चालन हुँदै आएको हो । फलामे ढोका नाम त अब खासै प्रचलनमा छैन तर यो परीक्षाका प्रति आम अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति विद्यार्थी सबैमा समान चासो भने कायमै छ ।
यो परीक्षामा राम्रो अंक ल्याउन सक्दा कक्षा ११ र माथिल्ला कक्षाहरुमा आफुले चाहको विषयमा अध्ययन गर्न पाइने भएकाले विद्यार्थीका लागि यो परीक्षा महत्वपूर्ण छ भने अभिभावकले यसलाई आफ्नो प्रतिष्ठाको विषय पनि बनाउने गरेका छन् । सबै परीक्षार्थीको ध्यान यतिबेला कसरी ए प्लस वा ए श्रेणी प्राप्त गर्ने भन्ने छ भने विद्यालयहरु पनि धेरै भन्दा धेरै विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको बाटो सहज बनाउन कसरी सकिन्छ भनेर लागि परेको देखिन्छ । उता अभिभावक आफ्नो सन्तानले राम्रो अंक ल्याएर राम्रो विषय अध्ययन गर्ने अवसर पाए हुन्थ्यो भनेर कामना गरिरहेका छन् । तीन घण्टे पेपर पेन्सील टेष्टका आधारमा श्रेणी निर्धारण हुने भएकोले पनि यतिबेला विद्यार्थीहरु जसरी पनि त्यो तीन घण्टाको परीक्षणमा आफुलाई सफल देखाउनु पर्ने मनोवैज्ञानिक दवावमा छन् । तर केही वर्ष अगाडिसम्मको एसएलसीको हाउगुजी नरहेकोले अब विद्यार्थीहरुमा धेरै तनाव छैन ।
गत डिसेम्बरमा चीनमा देखाको कोरोना भाइरसका कारण विद्यार्थीमा केही शंसय थपेको छ । तर सरकारले प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने तथा आइसोलेसन कक्ष राख्ने निर्णय गरेसंगै उनीहरुलाई आश्वस्त तुल्याएको थियो । अझ स्थानीय सरकारहरुले आफु मातहतका केन्द्रमा परीक्षामा सहभागी हुन आउने विद्यार्थीलाई परीक्षा अवधीभर निःशुल्क मास्क वितरण गर्ने व्यवस्था गर्ने पनि संभावना थियो ।
बालबालिकाको सूदुर भविष्यसंग जोडिएको एसइई परीक्षालाई भय रहित वातावरणमा सञ्चालन गर्नु सबैको दायित्व थियो । यसमा सम्बन्धित सबै पक्षको ध्यान जाओस् र बालमैत्री वातावरणमा परीक्षा दिने अवसर विद्यार्थीले छिट्टै प्राप्त गरुन् । एसइई परीक्षामा सहभागी हुँदै गरेका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुमा एसइई परीक्षामा सहभागी हुने अवसर पर छैन । यो स्थगनलाई उत्कृष्ठ नतिजा हासिल गर्ने अवसरको रुपमा लिएर धैर्य गर्न हाम्रो आग्रह साथै परीक्षामा अपेक्षित सफलताको कामना !
SEE काे परीक्षा स्थगन-सम्पादकीय
previous post