दमौली/MCC विरुद्धमा देशव्यापी जनआक्रोस बढ्दै जान लागेको बेलामा बुधबार दमौलीमा छ दलीय मोर्चाले झिल्को सल्काएको छ ।
MCC विरुद्ध जनमत सिर्जना गर्ने प्रयास स्वरुप आयोजना गरेको विरोध सभा सात दलको आयोजनामा भएको
थियो । विरोध सभामा राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति तनहुँ, नेपाल कम्युनिष्ट पार्टी, तनहुँ, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) जिल्ला समन्वय समिति तनहुँ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, हाम्रो नेपाल हामी नेपाली समेतका दलहरुको सहभागिता रहेको थियो । विरोध सभामा दलगत रुपमा ती दल र कार्यकर्ताको सहभागिता रहेता पनि भावनात्मक सहभागिता सबै दल र कार्यकर्ताको रहेको पाईन्थ्यो ।
राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति तनहुँको कार्यालयबाट एमसिसी को विरुद्धमा MCC विरुद्ध सडकमा उत्रेको त्यो जुलुसले सत्यवती लाइन, गणेशमानचोक, भोर्लेटार चोक, ट्राफिक चोक, सफा सडक हुँदै अनसन चोकमा पुगि विरोध सभामा परिणत भएको थियो । उक्त विरोध सभामा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले समेत सहभागिताले आठ दलिय सहभागिता देखाएको थियो ।
राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति तनहुँको अध्यक्ष क. पुष्पलाल श्रेष्ठ, ने.क.पा. मसाल जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता भरत केसी,. ने.क.पा. (क्रान्तिकारी माओवादी) का जिल्ला सेक्रेटरी क. नविन, ने.क.पा. तनहुँका जिल्ला सदस्य तथा युवा नेता नेत्र थापा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य रुपा सुनार, हाम्रो नेपाल हामी नेपालीका मनज्वरस तामाङ लगायतकाले एमसिसीको विरुद्धमा मन्तव्य राखेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी तनहुँका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य पूर्णजित पुनको अध्यक्षतामा आयोजित विरोध सभाको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति तनहुँका सदस्य धनबहादुर परियारले गरेका थिए ।