रमेश विकल
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मंसिर ११ मा सम्पन्न जिल्ला अधिवेशनबाट तनहुँ कांग्रेसको पार्टीसत्ता भिमादका जितप्रकाश आलेको हातमा पुगेको छ ।
आलेले व्यास नगर प्रमुख तथा सभापति समेत रहेका बैकुण्ठ न्यौपानेलाई १६८ मतले उछिन्दै सभापति निर्वाचित भएर पार्टीसत्ता हात पारेका हुन् । यो संगै आलेको काँधमा अघिल्लो संघीय संसद तथा प्रदेश संसदको निर्वाचनमा नमिठो हार व्यहोरेको कांग्रेसलाई आगामी निर्वाचनमा जीत दिलाउने तथा विभिन्न कारणले पार्टीसंग असन्तुष्ट भएका नेता कार्यकर्तालाई मिलाएर एकतावद्ध र संगठित कांग्रेस बनाउने जिम्मा पनि आएको छ ।
सभापति बाहेक दुइ उपसभापतिमा आले प्यानलका राजेन्द्रकृष्ण श्रेष्ठ तथा देवकुमार श्रेष्ठ र सचिवमा पनि आले प्यानलकै लक्ष्मीभक्त खनाल तथा सहदेव अधिकारी निर्वाचित भएका छन् । यसैगरी सहसचिवमा आले प्यानलका परमेश्वर भट्टराई तथा न्यौपाने प्यानलका मिलन आले निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार मतदानमा क्षेत्र नं १ का ९५१ मध्ये ९२३ तथा क्षेत्र नं २ का ८६६ मध्ये ८५८ मतदाता सहभागी भएका थिए ।
तीन नगर प्रमुख हारे, एक गाउँ प्रमुखको सानदार जित
सभापतिको उम्मेदबार बनेका व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने फराकिलो मतान्तरले पराजित भए । न्यौपानेकै प्यानलबाट उपसभापतिको उम्मेदबार बनेका भानु नगर प्रमुख उदयराज गौली तथा सचिवमा उम्मेदवारी दिएका शुक्लागण्डकी नगर प्रमुख किसान गुरुङ समेत पराजित हुन पुगे । उता आले प्यानलबाट उपसभापतिको उम्मेदवार बनेका ऋषिङ गाउँ पालिका प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठ भने विजयी भए ।
सर्वाधिक मत नोक बहादुरलाई
शनिबार सम्पन्न मतदानमा दलित खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका ऋषिङका दलित नेता नोकबहादुर विकले सर्वाधिक मत पाए । आफुलाई दुवै प्यानलको साझा उम्मेदवार भन्न रुचाएका विकले १४१९ मत प्राप्त गरे । जुन कुल खसेको मतको ७९.७ प्रतिशत हो । विक पछि सर्वाधिक मत पाउनेमा सचिव पदका उम्मेदबार लक्ष्मीभक्त खनाल भए । उनले १०२० मत प्राप्त गरेका थिए ।
मतदानमा अनुपस्थिती, अन्तरघात कि असवाधानी ?
दिनभर मतदान स्थलमै भएर पनि जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, सभापतिकै दावेदार लक्ष्मी आचार्य लगाएत केही मतदानमा सहभागी हुन पाएनन् । केही दिन अगाडी मात्रै क्षेत्रिय प्रतिनिधिका लागि लराभाँती अनि अनेक ताल तिकडम गरेर आएका क्षेत्र नं १ का २८ र क्षेत्र नं २ का ६ जना मतदानमा अनुपस्थित भए । मतदान स्थलमा उपस्थित कतिपय क्षेत्रिय प्रतिनिधि तथा शुभेच्छुक भन्दै थिए, यो अन्तरघात हो । मतदान स्थलमै भएकाहरु समय गुज्रेपछि मतदानका लागि तयार भएको स्वाङ गर्ने वा मतदानका लागि ढिलो आउने वा आउँदै नआउने कुरा सरासर बेइमानी हो । नियत नभई खानपानको कार्यव्यस्तताले ढीला हुन पुगेको मान्नेहरु पनि छन् । उता निवर्तमान सभापति एवं सभापति पदमा उपविजेता बनेका वैकुण्ठ न्यौपानेले मतदान गर्न नदिइएको भन्दै विज्ञप्तीनै निकालेर असन्तुष्टी जनाएका
छन् ।
फेरिन्थ्यो निर्वाचन परिणाम ?
चारदिन अगाडी सम्पन्न महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सर्वाधिक मत पाएका कारण क्षेत्र नं १ का जिल्ला अधिवेशनमा मतदान गर्न नभ्याएकाहरुको अधिक मत बैकुण्ठको प्यानलका उम्मेदबारलाई जाने आमअनुमान छ । यदि त्यसको भएको भए दश मतको अन्तरले उपसभापतिमा पराजित हुन पुगेका बैकुण्ठ प्यानलका किसान गुरुङ तथा पाँच मत अन्तरले सचिव पदमा पराजित बन्न पुगेका उनैको प्यानलका मोहन गिरीले जित हासिल गर्ने थिए । यसरी पदाधिकारीमा पदको विभाजनमा सन्तुलन हुन गई एक पक्षले पराजयको दुःख र अर्काे पक्षले विजयमा उन्मादमा पर्ने थिएनन् जुन समग्र कांग्रेसका लागि समेत हितकर हुन जान्थ्यो । यद्यपि मतदानमा सहाभागी हुन नपाएका वा नआएका अधिकांशको मत बैकुण्ठ प्यानललाई जान्छ भन्ने निश्चित भने नभएको बताउनेको संख्या पनि प्रसस्तै छ ।
Uncategorised
-
तनहुँ आवाज साप्ताहिकलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा मायाँ गर्नुहुने सम्पूर्ण पाठक वर्ग, शुभेच्छुक, विज्ञापन दाता,…
-
एउटा शिक्षकलाई अनकौं रुपमा चित्रण गरिएका छन्, हाम्रो समाजमा । कोही भन्छन्, शिक्षक एउटा…
-
दमौली/व्यास ११ तनहुँसुरस्थित अमरसिंह माविको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरिएको छ । मंगलबार…
-
दमौली/व्यास नगरपालिकाले २५ जनासम्म रहने गरी विद्यालयमा प्रत्यक्ष कक्षा चलाउने तयारी गरेको छ ।…
-
दमौली/व्यास नगरपालिका वडा नं. ५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयका प्रधानाध्यापक हेम पौडेलले नेपाल…
-
दमौली/स्वास्थ्य कार्यालय तनहुँले तत्काल वैदेशिक रोजगारीमा जान चाहनेका लागि खोप दिलाएको छ । यस…
-
बन्दीपुर/नेपाली कांग्रेस बन्दीपुर गाउँ सभापतिमा कर्णबहादुर खत्री, राजु बानियाँ, बैंशबहादुर गुरुङसँगै पछिल्लो समयमा विपिन…
-
सजीवलाई आफ्नो जीवन चलाउन असल ,आफू अनुकूल वातावरण आवश्यक हुन्छ। नेपालमा मात्र नभई विश्व…
-
मनकी धनी मायाँकी खानी कोमल फूल सरीसृष्टिकर्ता सधैँ भरी अमर रहन्छिन् नारीकुल घरान माइतीको…

