–२०७२ वैशाख १२ मा गएको भूकम्पको कारण ८ हजारभन्दा बढी नागरिकको ज्यान गयो । अरबौंको धन सम्पत्ति नष्ट भयो । हाम्रा निधिका रुपमा रहेका धार्मीक, सांस्कृतिक सम्पदाहरु क्षत विक्षत भए ।
–हरेक वर्ष जसो बाढी र पहिरोमा परेर सयौं नेपालीले ज्यान गुमाउँछन् । घर–खेत गुमाउँछन् । सयौ बालबालिका अभिभावक विहिन बन्छन् ।
–दशैको आसपास आएको देशव्यापि वर्षाले एक सातामा ३८ नेपालीको मृत्यु भयो । ३२ घाइते भए भने २७ जना बेपत्ता छन् ।
हामीले व्यहोरिरहेका प्राकृतिक विपत्तिका केही उदाहरण हुन् । हामीले गुमाएका नेपालीजन मात्र होइन धनजनको क्षतीको विवरण हो । हो, हामीले भुकम्प, बाढी पहिरो जस्तो प्राकृतिक विपत्तिलाई पन्छाउन सक्दैनौं । तर के कुराचाहिँ सत्य हो भने यसबाट हुने क्षतिलाई कम गर्न अवश्य सक्छौं । भुकम्पबाट हुने क्षतिलाई कम गर्न भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न सक्छौं । भूकम्प प्रतिरोधी संरचना निर्माण गर्दा महंगो पर्ने भ्रममा परेर हामीले त्यता तर्फ वेवास्ता गरिरहेका छौं तर वेवास्ता गर्न नहुने पक्ष के हो भने जीवनभन्दा ठूलो धन होइन । बाढीबाट बच्न सुरक्षित वा कम जोखिम हुने स्थानमा बस्न सक्छौं भने पहिरोबाट जोगिन वृक्षा रोपण गर्न सक्छौं । यी र यस्ता धेरै उपायहरु छन्, प्राकृतिक विपत्तिलाई कम गर्दै मानव जीवन यापनमा सहयोग गर्छन् ।
आज अक्टोवर, १३ । संसारभर आजकै दिन प्राकृतिक विपत्ति न्यूनिकरण दिवस मनाउने गरिन्छ । प्राकृतिक विपत्ति भनेको के हो र यस्तो विपत्ति न्यूनिकरणका के कस्ता उपाय हुनसक्छन् भन्ने विषयमा विश्व समुदायलाई सचेत गराउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । आउनुहोस्, हामीपनि प्राकृतिक विपत्ति न्यूनिकरणका उपायहरु अवलम्बन गर्दै यसबाट हुने क्षति कम गर्ने कार्यमा लागि परौं । भूकम्प, भूक्षय, बाढी तथा पहिरोको जोखिम कम गर्ने कुरामा आममानिसमा सचेतना अभिवृद्धि गरौं, आजको यो दिवसले प्राकृतिक विपत्ति न्यूनिकरण गर्न सहयोग गरोस्,यही कामना ।
समाचार
-
दमौली/नेपाली लेखक सघ तनहुँको पाँचौँ अधिवेशन एवं बाह्रौँ साधारणसभा शनिवारदमौलीमा सम्पन्न भएको छ ।…
-
दमौली/POST FOR PLANETको मूल नारा सहित १४८ औं विश्व हुलाक दिवस मनाइएको छ ।…
-
घिरिङ गाउँपालिका–५ धेनुङ देउराली नजिकै गएको पहिरोका कारण ठूला सवारी साधन आवतजावत गर्न समस्या…
-
दमौली/राजनीतिक महत्वाकाँक्षाले प्रभावित कार्यकर्ताको दिनचर्या कुदाकुदको अवस्थामा देखिएका छन् भने चुनाव जित्न हम्मेहम्मे ठानेका…
-
तनहुँसुर/तनहुँसुर सामुदायिक होमस्टेले यस बर्षको ४३औं अन्तराष्ट्रिय पर्यटन दिवस मनाउने कार्यक्रमको आयोजना गरेको अध्यक्ष…
-
दमौली/शिवकालिका वचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा तथा पाँचौं अधिवेशन शनिबार…
-
कमलबारी/रुम टु रिड, पढ्नको लागि कोठा कार्यक्रम अन्तर्गत बालिका शिक्षा कार्यक्रमले सिद्धेश्वरी मावि कमलबारीमा…
-
विश्वको सर्वप्राचिन हिन्दु धर्मका अनुयायीहरुको महत्वपूर्ण पर्व हो, दशैं । यो समयमा नेपालमा विद्यालयहरु…
-
दमौली/नेपाली काँग्रेस वी.पी. चुनावी तालमेल भएमा बाहेक संघीय निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी…