दमौली/सामुदायिक विद्यालयहरुले विद्यार्थीसँग् लिने शैक्षिक प्रमाणपत्र शुल्क अनुगमन हुने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशका सबै ७७ शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचारगर्दै नियमानुसार शुल्क लिने गरे नगरेको अनुगमन गर्न र सोको प्रतिवेदन केन्द्रमा पठाउन अनुरोध गरेको छ ।
पत्रमा सामुदायिक विद्यालयहरुले विद्यार्थीसँग शैक्षिक प्रमाणपत्र लिँदा चर्काे शुल्क असुल गरिरहेको भन्ने विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा गुनासा प्राप्त भएको उल्लेख गरिएको छ ।
साथै इकाईबाट सम्बन्धित स्थानीय तहसँगको समेत समन्वयमा गुनासा आएका विद्यालयहरु एकिन गरी नियमानुसार भए नभएको अुनगमन गर्न र सोको प्रतिवेदन केन्द्रमा पठाउनुहुन समेत अनुरोध गरिएको छ । तनहुँमा पनि सामुदायिक विद्यालयहरुले विद्यार्थीसँग खासगरी एसईई र एसएलसीको शैक्षिक प्रमाणपत्र शुल्क चर्काे लिने गरेको गुनासो आउने गरेका छन् ।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्काे शुल्क असुल गरेको रसिदको फोटो सहितका समाचार र गुनासा प्रकाशन हुन्छन् । तर शिक्षा विकास तथा समन्वय इकाई वा स्थानीय निकाय कसैले पनि त्यस तर्फ आवश्यक ध्यान दिएका र गुनासो सुनुवाई गर्ने गरेका छैनन् ।
समाचार
-
दमौली/ व्यास नगरपालिका २ स्थित सत्यवती माध्यमिक विद्यालयमा स्वर्ण महोत्सवको अवसरमा निशुल्क स्वास्थ्य परीक्षण…
-
नेकपा एमालेको ११ औं महाधिवेशनओलीको तेस्रो विजय, १९ पदाधिकारीमा ओलीकै वर्चस्व, तनहुँबाट चार केन्द्रीय सदस्य
by Tanahu Awajby Tanahu Awajरमेश विकलभृकुटीमण्डपमा बिहिबार सम्पन्न ११ औं महाधिवेशनबाट खड्गप्रसाद शर्मा ओली (केपी ओली) नेकपा एमालेको…
-
एमाले ११ औं महाधिवेशन: ११ के.स. निर्विरोध, तनहुँका आठ नेता चुनावी मैदानमा
by Tanahu Awajby Tanahu Awajदमौली/मंसिर २७ बाट तीन दिनका लागि तोकिएको नेकपा एमालेको ११ महाधिवेशन पाँचौं दिन मतदानबाट…
-
दमौली/तनहूँ जिल्ला व्यास नगरपालिका वडा नंं. ५ निवासी ९२ बर्षिय प्रजातन्त्र सेनानी विष्णुप्रसाद वाग्ले…
-
दमौली/हिसानको प्रथम अधिवेशनले तनहुँको अध्यक्षमा बुधबार मिनबहादुर कार्कीलाई चयन गरेको छ ।उच्च शिक्षालय तथा…
-
दमौली/उद्यमशील बचत ऋण सहकारी संस्थाले गत शनिबार आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको छ…
-
दुलेगौंडा/तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको…
-
भिमाद/भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८२।०८३ को प्रथम चौमासिकमा सम्पादित कार्यक्रम र सेवा प्रवाह सम्वन्धमा…
-
व्यास नपा १२ घाँसीकुवा नजिकै दुर्घटना भएको मालबाहक ट्रक । पृथ्वी राजमार्गको घाँसीकुवा–छिर्कने खण्डमा…
