चालु आर्थिक वर्षमा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ का विद्यार्थीलाई सरकारले दिने दिवा खाजा हटायो । तर तनहुँको आँबुखैरेनी गाउँ पालिकाले त्यो कार्यक्रमलाई आन्तरिक श्रोतबाट खर्च व्यहोर्ने गरी निरन्तरता दियो । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि केही सकारात्मक थालनी गरको आँबुखैरेनीले जनस्वास्थ्यलाई ख्याल गर्दै आफै अस्पताल समेत सञ्चालन गरेको छ । । पछिल्लो पटक सामुदायिक विद्यालयमा आफ्ना छोेराछोरी पढाउने अभिभावक तथा तिनका छोराछोरीको निःशुल्क स्वास्थ्य विमा गर्ने योजना आँबुखैरेनीले सार्वजनिक गरेको छ ।
गाउँ पालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार पहिलो चरणमा पालिकाका वडा नं ४, ५ र ६ मा यो कार्यक्रम लागू हुनेछ । आर्थिक रुपमा पछाडि परेका अभिभावकको बाहुल्य रहेका यि वडामा कार्यक्रम लागू गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्ने तथा विपन्न समुदायको स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास पालिकाको छ । आवश्यकता र प्रभावकारीता हेरेर आगामी दिनमा पालिकाका अन्य वडामा पनि कार्यक्रम विस्तार गरिने पालिकाले जनाएको छ । पालिकाका अनुसार माघ महिनाबाट स्वास्थ्य विमा कार्यक्रम लागू हुनेछ ।
कक्षा ६ विद्यार्थीका लागि दिवा खाजका कार्यक्रमकोे निरन्तरता होस् या अस्पताल सञ्चालनको कार्य यि सबैले तल्लो आर्थिक अवस्था भएका सर्वसाधारणको हित गर्नेछ । पर्यटनको विकासमा गरिएका केही नयाँ कामले स्थानीय स्वरोजगारी सिर्जनामा सघाउ पुग्नेछ । र अहिलेको स्वास्थ्य विमा कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीसंख्या बढाउन सघाउने त छ नै स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार गर्नेछ । अर्काे भाषामा खोकी लाग्दा मज्जाले खोकेर सञ्चो बनाउने भन्ने वा ज्वारो आउँदा आफै निको नहुँदासम्म सुत्ने भन्ने अवस्थामा रहेका नागरिकले अब त्यसो भन्नु÷गर्नु पर्दैन ।
देशमा अहिले तीन तहका सरकार छन् । त्यसमध्ये नागरिकको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । स्थानीय सरकार नागरिकका चासो सम्बोधनमा यसरी लागि पर्ने हो भने बल्ल घरछेउको सरकारको महत्व रहनेछ ।
समाचार
-
ऋषिङ गाउँ पालिका वडा नं ५, चौकी चालिसे सामुदायीक वनमा रहेको सालको रुख ।…
-
दाहाल सरकारका एक वर्षे उपलब्धी
नागरिक एपमा सेवा थप
देखि पुल निर्माणको ठेक्कासम्मby Tanahu Awajby Tanahu Awajरमेश विकलपुष्पकमल दाहाल नेतृत्वको सरकारले एक वर्षे कार्यकाल पूरा भएको अवसर पारेर सरकारले एक…
-
दमौली/साँङ्गहरुले जस्तै अवसर पाए भने अपाङ्गहरुले पनि गर्न सक्दछन् भन्ने भनाईलाई पुष्टि गर्दै नेत्रहीन…
-
दमौली/नेपाली काँग्रेसका संस्थापक एवं मार्गदर्शक वीपी कोइरालाको मेलमिलाप र राष्ट्रिय एकता नीतिलाई ४८ बर्षपछि…
-
दमौली/कवयित्री नारायणी अधिकारीद्वारा लिखित कविताहरुको संग्रह “ँव्यास–वाटिका”को आइतबार लोकार्पण भएको छ ।व्यास नपाको सभाकक्षमा…
-
कमलबारी/सिद्धेश्वरी माविका एक शिक्षकले आफ्नो जन्मोत्सवको खर्च कटाएर विद्यार्थीलाई न्यानो टोपी वितरण गरेका छन्…
-
आमा साथ भइन् भने कहरमा सन्त्रासमा हुन्छ को ?आमाकै पदचिन्ह पक्रन सके सत्मार्ग विर्सिन्छ…
-
-
