दमौली/आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घामा उनको एक सय फिट अग्लो प्रतिमा राखिने भएको छ ।
राष्ट्रिय विभूति आचार्यको सम्मान तथा चुँदीलाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्ने उद्देश्यले प्रतिमा निर्माण तथा स्थापना गर्न लागिएको हो । नेपाली भाषालाई हरेक नेपालीको जिब्रोमा रामायणका माध्यमबाट पु¥याउन सफल आचार्यको जन्मस्थल भानु नगरपालिका वडा नं ४ को चुँदीलाई साहित्यिक तीर्थस्थलका अतिरिक्त सांस्कृतिक एकताको थलोका रुपमा विकास गर्ने उद्देश्यका साथ प्रतिमा निर्माण गर्न लागिएको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।
भानुभक्त स्मृति उद्यानको कलाकार अशोकमान सिंहले परिकल्पना गरेर स्केच तयार पारेका छन् । उद्यान निर्माण लगाएतका कामको लागि जग्गा प्राप्तीको काम ९५ प्रतिशत पूरा भएको भानुका प्रशासकीय अधिकृत दिवाकर पौडेले बताए । उद्यान निर्माण लगाएत कामका लागि नेपाल सरकारले चालु आवमा रमक विनियोजन गरेको थियो भने आगामी आबका लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत समेत बजेट विनियोजन गरिएको छ ।
विभिन्न भौतिक संरचना निर्माण गरी नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरुको संरक्षण सम्वर्धन गर्ने थलोका रुपमा चुँदी रम्घालाई परिचित गराउने नगरपालिकाको योजना रहेको छ ।
समाचार
-
रमेश विकलसहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।मंगलबार…
-
तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबार । तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अप्रभंस भएर…
-
दमौली/व्यास नगरपालिकाका १४ वटै वडामा पोलियो रोग विरुद्धको खोप अभियान(आई.पि.भि खोप अभियान) चलिरहेको छ…
-
-
दमौली/२५६८औं बुद्धजयन्ती तनहुँको दमौलमा पनि भव्यरूपमा मनाइएको छबौद्ध सदन परिवार, तमु सेवा समूह र…
-
आइतबार मध्यराती दमौलीको पृथ्वीराजमार्ग छेउमा रहेको फलफूल लाइनमा भएको आगलागीले सात करोड बढी नोक्सान…
-
दमौली/नेपाल सरकारको सन् २०२६ सम्ममा देशबाट पोलियो रोग उन्मूलन गर्ने घोषित कार्यक्रम पूरा गर्न…
-
म्याग्दे/म्याग्दे गाउँपालिकाको आथिृक वर्ष २०८१।०८२ को वजेट नीति तथा कार्यक्रम निर्माणका लागि सर्वदलिय सर्वपक्षिय…
-
दमौली/संगम युवा क्लवको आयोजना र वडा नं. ९ को सहयोगमा व्यास नगरपालिका वडा नं.…
