साभुङ्ग/सरस्वती माध्यमिक विद्यालयमा माघ २७ गते निःशुल्क स्वास्थ्य शिविर हुने कुरा घिरिङ्ग गाउँपालिकाले जनाएको छ । घिरिङ्ग गाउँपालिकाको आयोजनामा हुने सो शिविरमा कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्राविधिक सेवा प्रदान गर्ने कुरा हस्पिटलका म्यानेजर सुन्दर पोख्रेलले बताएका छन् ।
घिरिङ्ग गाउँपालिकाको वडा नं. ५ मा हुन लागेको सो निःशुल्क स्वास्थ्य शिविरमा बरिष्ठ फिजिसियनबाट मुटु, फोक्सो, तथा पेट सम्बन्धी चेकजाँच हुनेछ । बरिष्ठ स्त्री रोग विशेषज्ञबाट तल्लो पेट दुख्ने, महिनावारी गडबडी सम्बन्धी समस्याको चेकजाँच हुनेछ । बरिष्ठ हाडजोर्नी तथा नाशा रोग विशेषज्ञबाट हाडजोर्नी सम्बन्धी सम्पूर्ण चेकजाँच गरिनेछ । शिविरमा ल्याव सेवा समेत उपलब्ध हुनेछ ।
रगतको परिक्षण, पिसाब, मुटु परिक्षण हुनुको साथै भिडियो एक्सरे सेवा समेत प्रदान गरिने म्यानेजर पोख्रेलले बताए ।
समाचार
-
चारकुने/व्यास नगरपालिका वडा नं. १ चारकुनेमा बुधबारबाट ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा आएको छ…
-
दमौली/रोटर्याक्ट क्लब अफ दमौलीले शनिवार व्यास नगरपालिका ११ राम्चे ओडारे स्थित चेपाङ बस्तीमा निःशुल्क…
-
दमौली/पत्रकार कृष्ण न्यौपानेलाई प्रेस चौतारी नेपालले क्रियाशिल पत्रकारीता पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ ।…
-
दमौली/नेपाली काँग्रेसले सञ्चालन गरेको माघ १३–२६ को ‘समुदायमा काँग्रेस’ अभियान नयाँ शैली र रुपमा…
-
दमौली/तनहूँ जलविधुत आयोजनाको मानव अधिकारप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । आयोगले…
-
दमौली/नेपाललाई हिन्दुराष्ट्र घोषणा गराउन महाअभियान नै थालिने भएको छ । त्यसको नेतृत्व गर्ने अवसर…
-
-
दमौली/व्यास नगरपालिकाले सातौं पटक खुल्ला अल्ट्रा म्याराथनको आयोजना गरेको छ । व्यास नगरपालिकाले विगत…
-