वर्षायाम सुरु भएसंगै देशको मुख्य सडक मुग्लिन– नारायणगढ सडक खण्ड अवरुद्ध हुनु सामान्य जस्तै हो । केही वर्ष अगाडि विस्तार सम्पन्न भएको यो सडक खण्डमा हरेक वर्षामा पहिरोका कारण घण्टौं वा कहिलकाहीँ त केही दिन नै सडक अवरुद्ध हुन्छ भने थुप्रै यात्रुहरुले ज्यान गुमाउने र करोडौं रुपैयाँको क्षति हुने गरेको छ । यो वर्ष त झन एकै रात छ दर्जनभन्दा बढीको ज्यान लिने गरी सोही सडक खण्डमा दुर्घटना भयो ।
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक खण्ड विस्तारको कामसंगै सडक अवरुद्ध हुने प्रक्रिया प्रारम्भ भएको छ । यो खण्ड अन्तर्गतको डुम्रे–याम्पा सडक खण्ड वा दमौली–डुम्रे सडक खण्ड वा दमौली–खैरेनी सडक खण्ड बारम्बार अबरुद्ध हुन थालेको छ । सडक विस्तार गर्नेभन्दै भौगोलिक बनोटको वास्तविक अवस्थाको अध्ययन विना र अन्य वैकल्पिक उपायहरु हुँदा हुँदै गह्रौं उपकरणको सहायताले भित्तो खार्ने काम गर्दा सामान्य वर्षामा वा सुख्खा मौसममा पनि पहिरो खस्ने र बाटो अवरुद्ध हुने क्रम सुुरु भएको छ ।
दमौली नजिकैको मुसेखोला नजिकैको यथार्थ यही हो । गह्रौं उपकरणको प्रयोग गर्दै जथाभावि सडक विस्तारको काम गर्दा मुसेखोला छेउको वस्तीमात्र जोखिममा छैन कुनबेला सडक अवरुद्ध हुने हो भन्ने कुराको कुनै ठेगान छैन । कमजोर भौगोलिक बनोट भएको यो स्थानमा सम्भव भए मानव श्रमको प्रयोग वा नभए साना उपकरणको प्रयोग गर्ने हो भने पहिरोको जोखिम कम हुने थियो । यस्तै अवस्था म्याग्देको मौरीबजार नजिकैको सडक खण्डको पनि छ । कमजोर भूबनोट भएको उक्त स्थानमा सडक विस्तार गर्ने क्रममा भित्तो नखारेको भए पनि हुने अवस्था थियो । तर त्यसको वेवास्ता गर्दै जथाभावि भित्तो खार्ने काम गर्दा अझै कतिवटा वर्षा सडक अवरुद्ध भएको समाचार पढ्नु पर्ने, अवरुद्ध भएका कारण सास्ती भोग्नु पर्ने वा धनजनको क्षति भएको समाचार पढ्नु पर्ने हो एकिन छैन ।
वार्षिक रुपमा धनजनको क्षति भएको हिसाव राख्ने काम छोडेर अब सडक विस्तारका क्रममा भूवनोटको सही अध्ययन गरेर मात्र विस्तारको कामलाई अगाडी बढाउन आवश्यक भएको छ । जसले धनजनको क्षतिलाई कम गर्ने मात्र छैन बरु सडक अवरुद्ध हुने क्रम पनि घट्दै जानेछ ।
समाचार
-
म्याग्दे/गाउँपालिकाले आर्थिक वर्ष ०८०।०८१ को अन्तिम सार्वजनिक सुनुवाई आईतवार सम्पन्न गरेको छ । सार्वजनिक…
-
लायन्स क्लब सत्यवती र लियो क्लब आफ तनहुँ सत्यवती दमौलीले साउने संक्रान्तिका दिनमा अनसन…
-
बाढी पहिरोका कारण सात दर्जनको ज्यान गयो, सय बढी घाइते-राहत र उद्धारमा बेखबर सरकार
by Tanahu Awajby Tanahu Awajरमेश विकलनेपालमा मनसुन भित्रिएको भोली एक महिना हुँदै छ । यो एक महिनामा बाढी…
-
किसानका नाम्ला/दाम्ला घरमा सजाउने वस्तु भए । अबको पुस्ताले नाम्लो दाम्लो भनेको बुझ्नै नसक्ने…
-
दमौली/व्यास नगरपालिकाले आगामि आर्थिक बर्ष २०८१/०८२ को लागि ४१औं नगरसभामा प्रस्तुत दुई खर्ब भन्दा…
-
रमेश विकलगएको १८ महिनाको बीचमा पहिले एमाले त्यसपछि कांग्रेस र फेरी एमालेको फेर समातेर…
-
दमौली/एसईईको पुरक परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयमा नै पढाउने व्यवस्था गर्न व्यास नगरपालिकाको…
-
नेपाल पत्रकार महासंघ तनहुँ शाखासंग आवद्ध पत्रकारहरुलाई सम्मान तथा पुरस्कार दिने हेतुले स्थापित विभिन्न…
-
दमौली/तनहुँको व्यास १४ स्थित केशवटारमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।…
