दमौली/नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन भएको छ । तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार बसेको पत्रकारको भेलाले नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन गरेको छ ।
पत्रकार मदन वाग्लेको अध्यक्षतामा १३ सदस्यीय नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन गरेको हो । समितिको उपाध्यक्षमा पूर्ण विक, सचिवमा उपेन्द्र खनाल, कोषाध्यक्षमा मिला दरै र सहसचिवमा सुदीप पौडेल रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा मनोज कुमार श्रेष्ठ, राजेश कार्की, करिस्मा गुरुङ, हरि खरेल, राम बहादुर धामी, सरेश सेन्चुरी, मिलन तामाङ र डिपी अधिकारी रहेका छन् ।
भेलाले जिल्लाका विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी खेलकुद प्रवद्र्धनको विभिन्न कार्यक्रम गर्न प्रस्ताव लैजाने निर्णय गरिएको मञ्चका अध्यक्ष वाग्लेले बताए । मञ्चले जिल्लामा क्रियाशील पत्रकारहरुलाई दक्षता हासिल गर्न विभिन्न किसिमका खेलकुदका तालिम गराउने लक्ष्य समेत लिएको छ ।
समाचार
-
लामो बर्खे विदापछि विद्यालय खुल्ने बेला भएकाले सिद्धेश्वरी माध्यमिक विद्यालयको सरसफाई गर्दै स्वाग्दी आमा…
-
रमेश विकलनेपाली कांग्रेसको समर्थनमा असार ३० मा प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष एवं…
-
दमौली/वीपी कोइरालको ४२ औं स्मृति दिवस बीपीका अनुयायीले दमौली मै पनि भिन्नाभिन्नै दुई ठाउँमा…
-
दमौली/तनहुँको क्यामिनमा जन्मेर हाल बेल्जियम निवासी ब्रम्हदत्त वाग्ले द्वारा रचना गरिएको लघु कविता संग्रह…
-
शनिवार उपहार कृति लोकार्पण कार्यक्रममा सनातन धर्मसंस्कृतिमा आधारित सांगितिक भजन प्रस्तुत गर्दै जलेश्वर भजन…
-
सरसफाइको महत्व आत्मसाथ गर्दै ऋषिङ गाउँ पालिकाले वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा महिनाको…
-
रमेश विकलसत्ताच्यूत भएको ठिक तीन वर्ष एक दिनपछि नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली…
-
दमौली/भानु नगरपालिकाले म्याद नथपेका कर्मचारीको पक्षमा भानु नगरपालिकाका कर्मचारी आन्दोलित छन् । मंगलबार विज्ञप्ति…
-
दमौली/व्यास नगरपालिका–२ स्थित सत्यवती मा. वि.व्यवस्थापन समितिको अध्यक्षमा रमेश गिरी चयन भएका छन् ।विद्यालय…
