दमौली/रोटर्याक्ट क्लब अफ दमौलीको आयोजनामा गरेको २१औ स्व रो सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि काठमाडौका अजितकुमार यादवले जितेका छन् । शनिबार व्यास नगरपालिका–३ अनसनचोक दमौलीदेखि व्यास नगरपालिका–१४ छाब्दी मन्दिरसम्मको ९ किमी दूरी २८ मिनेट १८ सेकेण्डमा पार गर्दै यादवले उपाधि जितेका थिए भने २८ मिनेट २९ सेकेण्डमा पार गर्दै गोरखाका दिनेशसिंह बोगटी द्वितीय र २९ मिनेट १८ सेकेण्डमा पार गर्दै सिन्धुपाल्चोकका मिङ्मारसिंह तामाङ तृतीय भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १२ हजार र आठ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । साथै महिला तर्फ चेतना कटुवाल प्रथम भएकी छिन । उनले २ हजार नगद सहित, मेडल र प्रमाणपत्र प्राप्त गरिन । यस्तै बाल धावक तर्फ ११ वार्षिय कृतिक घर्ति र विवेक रानाभाट पुरस्कृत भएका छन् । उनीहरुले नगद एक–एक हजार र प्रमाणपत्र पाएका छन् ।
समाचार
-
तनहुँ जिल्ला बार, तनहुँ जिल्ला अदालत र सरकारी वकिल कार्यालयको संयुक्त आयोजनामा मिति २०८०…
-
भेषभुषा र साँगितिक झलकहरुका साथ उत्साहजनक सहभागितामा
राष्ट्रिय मगर दिवस २०८० तनहुँभर मनाइयोby Tanahu Awajby Tanahu Awajदमौली/नेपाल राष्ट्रिय मगर संघ तनहूँले आफ्नो २०८० सालको स्थापना दिवस फागुन १५ गते दमौलीमा…
-
ऋषिङ्ग/११४ औं अन्तर्राष्टिय नारी दिवसको अवसरमा ऋषिङ्ग गाउँपालिकाले विभिन्न प्रतियोगिता आयोजना गर्ने भएको छ…
-
-
दमौली/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय पोखराको आयोजनामा म्याग्दे गाँउपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्यन…
-
दमौली/व्यास नगरपालिका वडा नं – १० अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता…
-
दमौली/बुधबार व्यास नगरपालिका तनहुँको कार्यापालिका बैठक बसेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा…
-
नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको औचित्य माथि व्यापक बहस–चुक्यो नेपाली काँग्रेस तनहुँ
by Tanahu Awajby Tanahu Awajविशेष सम्वाददातानेपाली काँग्रेसको विरलै बोलाईने महासमितिको बैठक यस बर्ष फागुन ७ देखि १० गतेसम्म…
-