दमौली/संघीय संसदका सांसद कृष्णकुमार श्रेष्ठले आईतबार एक विज्ञप्ति प्रकाशित गरी स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । सांसद श्रेष्ठले भानु नगरपालिकाका बासिन्दामा शृङलाबद्ध रुपमा चितुवा आक्रमणमा परि बालबालिकाको मृत्यू हुन थालेपछि सांसद श्रेष्ठले सम्बन्धीत सरोकारवाला र स्थानीय प्रशासनको ध्यनाकर्षण गराएका हुन् । चितुवाको आक्रमणमा परि मृत्यु भएका बालबालिकाको परिवारलाई राज्यको तर्फबाट तत्काल राहत र क्षतीपुर्ती उपलब्ध गराउने तथा नरभक्षी चितुवालाई तत्काल नियन्त्रणमा लिई त्रासको वातावरण अन्त्य गर्नको लागि तत्काल उचित कदम चाल्न स्थानीय प्रशासन र बनसँग सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका थिए । भानु नपा–२ ढल्केवरमा शनिबार साँझ घरमा खाना खाएर हात धुन बाहिर निस्किएको समयमा चितुवाको आक्रमणबाट माईला गुरुङका छोरा १० बर्षिय अमृत गुरुङको मृत्यु भएको थियो । यस अघि पनि भानु नगरपालिका–३ मा गत २०७४ फागुन १ गते र भानु नगरपालिका–४ मा २०७५ कार्तिक २९ गते चितुवाको आक्रमणमा परी २ जना बालबालिकाको मृत्यु भएको र मंसिर १ गते भानु नपा–२ का १ बालक सञ्जन नेपाली घाईते भएका छन् । बारम्बार चितुवाले मानिसलाई आक्रमण गर्न थाले पछि जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यलय तनहुँले दश ÷ दश जना सशस्त्र र नेपाल प्रहरी परिचालन गरेको भए पनि चितुवा नियन्त्रणमा लिन नसकेपछि फिर्ता भएको थियो । अहिले चितुवा नियन्त्रणको लागि विशेष टोली बाख्रासहित परिचालन गरिएको छ । सांसद श्रेष्ठले चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नपा–२, ३ र ४ का बालबालिका प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै दमौलीमा प्रेस विज्ञप्ति जारी गरेका थिए ।
समाचार
-
कमलबारी/जिल्ला सुधारका लागि सामाजिक उत्थान (डिसु) नेपाल र पोखरा डेजको संयुक्त आयोजनामा व्यास १२…
-
चन्द्रा पौडेल दमौली/अन्तर्राष्ट्रिय गैरसरकारी संस्था रुम टु रिडको आर्थिक सहयोगमा तनहूँ जिल्लाका विभिन्न विद्यालयमा…
-
छसय पैंसठ्ठीले लिए स्वास्थ्य सेवा गणेश श्रेष्ठ ऋषिङ/लायन्स क्लब अफ पोखरा ग्रीन सिटीको आयोजनामा…
-
दमौली/२५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अर्थात मंसिर ९ गते देखी २४ गतेसम्म मनाइने १६…
-
दमौली/तनहुँको काहुँशिवपुर गाविसका पूर्व उपाध्यक्ष उड बहादुर आले बुधबार साँझ व्यानपा–१३ बेनीकोट स्थित जंगलमा…
-
दमौली/तनहुँको सिलिङबाट सुनखानीतर्फ पराल लिएर आउँदै गरेको ना६त ६८६० नम्बरको ट्याक्टर शनिबार राति ११…
-
दमौली/नेपाल विद्युतप्राधिकरण दमौली वितरण केन्द्रले दमौली, भादगाउँ र डिहिगाउँ लगायतका क्षेत्रहरुमा पुराना तथा खिया…
-
दमौली /दमौली बजार एकाईले शनिबारदेखि दमौलीमा शव बाहन सेवाको सुरुवात गरेको छ । एकाईले…
-
दमौली/बलात्कारपछि हत्या गरिएको कञ्चनपुरका १३ बर्षिय बालिका निर्मला पन्तको न्यायको लागि दमौलीमा आइतबार विरोध…
