आजबाट नवौं तनहुँ महोत्सव प्रारम्भ हुने भएको छ । “तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार भन्ने नारा सहित तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा प्रारम्भ भएको महोत्सवले कोभिड पछि सुस्ताएको अर्थतन्त्र चलायमान हुने विश्वास आयोजकको छ । महोत्सवका केही स्टल कृषि र घरेलु उत्पादनको प्रदर्शन र विक्रिका लागि निशुन्क उपलब्ध
हुन्छन् । यसका साथै सार्वजनिक विदाको दिन वाहेक हरेक दिन देखि ११ बजेसम्म निःशुल्क महोत्सव स्थल प्रवेशको व्यवस्था मिलाइएको छ । फरक ढंगले बनाइएका स्टलहरू पनि नवौं तनहुँ महोत्सवको आकर्षण हुनेछ ।
मेला महोत्सवले अर्थतन्त्र चलायमान हुनेमा कुनै शंका छैन । यतिवेला कृषि कर्ममा रहेकाहरू पनि फूर्सदमा हुन्छन् र महोत्सवको रमाइलो हेर्न अवश्य जम्मा हुनेछन् । व्यास नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा हिउँद बिदा भएकोले फुर्सदमा रहेका विद्यार्थीको उपस्थिति पनि महोत्सवमा उल्लेख्य हुने अनुमान गर्न सकिन्छ । महोत्सवका अवसरमा आयोजित विभिन्न प्रस्तुती तथा प्रतियोगिता र प्रदर्शनीले पनि सहभागिता बढाउने छ । र यि सबैको समग्र प्रभाव अर्थतन्त्रको गतिमा पर्ने छ ।
महोत्सवका बारेमा गरिने प्रश्न हो, महंगो प्रवेश शुल्क । बजार र आसपासका धेरैले निःशुल्क पास प्राप्त गर्ने भएकोले महंगो प्रवेश शुल्क तिर्नेमा विद्यार्थी र ग्रामीण वासिन्दा जो संग सर्वथा पैसाको अभाव रहन्छ भन्ने गुनासो सुनिन्छ । जुन सत्य र जायज पनि हो । थोरै भएपनि गुनासो सम्बोधन गर्ने प्रयास यस पटकको महोत्सवमा गरिएको छ । यसलाई सकारात्मक थालनी भन्नु पर्छ । केही टाठाबाठाले कमाउने र रमाउन्ने अवसर हो महोत्सव भन्ने कुरालाई खण्डित गर्दैजानु पर्ने थियो र छ पनि । कमाउने र रमाउने ध्याउन्न त्यागेर नवौं तनहँु महोत्सवले साँच्चै आर्थिक सामाजिक विकासको आधार तयार
गरोस् । नवौं महोत्सवको पूर्ण सफलताको कामना ।
समाचार
-
भिमाद÷जिल्ला प्रशासन कार्यालय तनहुँले भिमादमा सेवा प्रवाह सम्बन्धमा सहजिकरण समन्वयका साथै सार्वजनिक सुनुवाई कार्यक्रम…
-
पुसको जाडोमा आगनमा इट्टाको चुलो बनाएर हाडीमा पतिले मकै भुटेर पत्नीलाइ ख्वाएको गाउँले जीवनको…
-
ऋषिङ/ऋषिङ गाउँ पालिकाको आयोजनामा पौष २७ गते चौथो ऋषिङ अल्ट्रा म्याराथन–२०८१ हुने भएको छ…
-
दमौलीका बासिन्दालाइ १५ पुसको दिनमा एकबजेबाट तीन बजेसम्म मात्रै ताप्न पाइने बजार अगाडिको खुलाचौरमा…
-
नेपाली कांग्रेसको १०० दिने अभियान अन्तर्गत गत शनिबार नेपाली कांग्रेस ऋषिङ गाउँ कार्यसमितिले झापुटारमा…
-
दमौली/व्यास न.पा. वडा नं ४ भोर्लेटारचोकस्थित रत्नहरि मेमोरियल अस्पतालमा शनिवार निःशुल्क पाठेघर क्यान्सर (भीआईए)…
-
दमौली/रोट¥याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सहसचिव स्व. रो.सचिन कुमार श्रेष्ठको स्मृतिमा शनिबार आयोजना…
-
रमेश विकलस्थानीय कृषि उत्पादनको बजारीकरणमा सहयोग पुग्ने आशा सहित मंगलबारबाट प्रथम भानु महोत्सव आरम्भ…
-
दमौली/संस्थापक नेता कृष्णप्रसाद भट्टराइको १०१औ जयन्ती नेपाली काँग्रेसले देशव्यापी रुपमा मनाइएको छ ।देशव्यापी पत्राचार…