दमौली/आज विहिबारको बन्द सफल पार्न प्रचण्ड माधव समूहले बुधबार राती सात बजेतिर दमौली बजारमा राँके जुलुस निकालेको थियो ।
सरकारको कदमका विरुद्ध प्रदर्शनमा उत्रिएको प्रचण्ड–नेपाल समूहले बिहिबार आह्वान गरेको नेपाल बन्दको दमौलीमा सफल पार्न सो जुलुस निकालिएको जनाएको छ । दमौलीमा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
पहिल्यै पार्टी कार्यालयबाट जुलुस निकाल्ने सूचना सार्वजनिक गराएको नेकपा प्रचण्ड नेपाल समूहले प्रहरीको हस्तक्षेपका वावजुद मसाल बालेको थियो । प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राँको निभाउन थालेको थियो ।
प्रहरीलाई छल्दै सानो संख्या सफासडकबाट ट्राफिक चोक अघि बढ्यो भने अर्को समूह जुलुससहित फरक रुटबाट अघि बढेर प्रहरीको हस्तक्षेपलाई असफल तुल्याई दिएको थियो । प्रहरीले सुरुमै धेरैको राँको निभाएकाले ठूलो संख्यामा राँको चोकमा लग्न नपाए पनि केही नेता कार्यकर्ताले भने चोकमा पु¥याएको राँको पनि प्रहरीले निभाइदिएको थियो ।
त्यसपछि केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, गण्डकी प्रदेस कमिटिका सदस्यहरु शंकरनारायण श्रेष्ठ, ओमराज आले, अतिन्द्रिकेशरी न्यौपाने, पूर्व सांसद कलिला खानलगायतका नेकपा नेता कार्यकर्ता कार्यकर्ता जुुलुससहितको कोणसभामा सहभागी बनेका थिए ।
समाचार
-
lyof] .
-
छन् ।
-
तनहुँका उद्योगी व्यवसायीको छाता संगठन तनहुँ उद्योग वाणिज्य संघको महाधिवेशन फागुन दोश्रो साता हुने…
-
तनहुँ कारागारका दुई सय ६९ जनाले मंगलबार कोभिड १९ विरुद्धको कोभिसिल्ड खोप लगाएका छन्…
-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।…
-
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भनेर प्रधानमन्त्री…
-
-
-
