दमौली/क्षत्री समाज नेपाल जिल्ला कार्य समिति तनहुँले एक लाख बराबरको कोभिड–१८ सुरक्षा सामाग्री स्वास्थ्य क्षेत्रलाई उपलब्ध गराएको छ ।
सोमबार जिल्लाका ६ वटा अस्पताललाई स्वास्थ्य र सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको हो । क्षेत्री समाज तनहुँमा आबद्ध व्यक्तिहरुले स्वस्फूर्त रुपले संकलन गरेको उक्त रकमबाट स्वास्थ्य र सुरक्षाका सामग्रीहरु खरिद गरी अस्पतालहरुलाई उपलब्ध गराइएको क्षत्री समाज तनहूँले जनाएको छ । कोरोना भाइरसको उच्च संक्रमण बढिरहेका बेला ती स्वास्थ्य संस्थाहरु अभाव टार्न ती सामग्रीहरु उपलब्ध गराएको क्षेत्री समाज तनहुँले जनाएको छ ।
कोरोनाको उच्च जोखिम मोलेर अग्रभागमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई कोरोनाको संक्रमणबाट बचाउने उद्देश्यले सो संस्थाले स्वास्थ्य र सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको हो । क्षेत्री समाज तनहुँका अध्यक्ष रामबहादुर अधिकारी, उपाध्यक्ष एवं विपद व्यवस्थापन समितिकी कोषाध्यक्ष शारदा थापा अधिकारी, केन्द्रिय सदस्य क्या. भरतबहादुर अधिकारी लगायतकाले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी सागर आचार्य र स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीलाई स्वास्थ्य र सुरक्षाका सामग्री हस्तान्तरण गरेका थिए । तनहुँको दमौली अस्पताल, व्यास नगरपालिका द्वारा संचालित कृषि विकास बैंकको भवनमा रहेको सामुदायिक आइसोलेसन, बन्दिपुर अस्पताल, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, पुरनडिहि अस्पताल र म्याग्देको कोभिड अस्पताललाई सो संस्थाले ती सामग्री उपलब्ध गराएको हो । उक्त संस्थाले पिपिइ ३० थान, सेनिटाइजर १ सय थान, फेस शिल्ड १ सय थान, मास्क १ सय थान उपलब्ध गराएको हो । क्षेत्री समाज नेपाल जिल्ला कार्य समिति तनहुँका अध्यक्ष रामबहादुर अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष विरेन्द्रबहादुर अधिकारी, केन्द्रिय सदस्य क्या. भरतबहादुर अधिकारी, केन्द्रिय बुद्धिजिवी सहसचिव चक्रबहादुर अधिकारी, प्रदेश सदस्य नानुमाया बस्नेत, संस्थापक अध्यक्ष अर्जुनबहादुर अधिकारी, व्यास नगरका अध्यक्ष प्रेमबहादुर राउत, व्यास नगरका सचिव हरि कार्की, नगरका सहसचिव रामचन्द्र अधिकारी, लगायतकाको सहभागिता रहेको थियो । सो कार्यक्रम संस्थाकी उपाध्यक्ष एवं विपद व्यवस्थापन समितिकी कोषाध्यक्ष शारदा थापा अधिकारीले संचालन गरेकी थिइन । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यस्ता स्वास्थ्य सामग्रीहरुले कोरोनाको रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने बताएका थिए ।
समाचार
-
रमेश विकलनेपालमा कोभिड–१९ संक्रमणको दोस्रो लहरमा उतार–चढाब भइरहँदा दुइ नयाँ भेरियन्टको संक्रमण पुष्टी भएको…
-
व्यासको चार वर्षे कार्य प्रगति समिक्षा :विभिन्न सोह्र क्षेत्रमा उल्लेख्य प्रगति
by Tanahu Awajby Tanahu Awajदमौली/तनहँको जेठो व्यास नगरपालिकाले आफ्नो चार वर्षे कार्यवधिको प्रगति विवरण सार्वजनिक गरको छ ।मंगलबार…
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको जेठ १ गतेको बैठकको निर्णयबाट स्थापना भएको पत्रकार कल्याणकारी…
-
खहरे/दुई छोरीकी आमा २८ बर्षिया मनुमायाँ थापा मंगलबार मृत अवस्थामा आफ्नै घरमा फेला परेको…
-
मकै गोडदै राम्जाकोटका किसान ः कोभिड–१९ को दोस्रो लहरले देश आक्रान्त भएपनि दिनभर काम…
-
दमौली/गोरखा वेल्फेयर ट्रष्ट नेपालद्वारा सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रमले शनिवार दमौली अस्पताल र व्यास…
-
दमौली/तनहुँमा जेठ १५ सम्म सरकारी तर्फबाट सञ्चालित बजेट फ्रिज भएर जाने योजना तथा आयोजना…
-
बागमती प्रदेश अन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन विहिबार हुँदैछ । उक्त निर्वाचनका लागि गृहमन्त्री…
-
ऋषिङ्ग/कोरोनाको दोस्रो लहरले नेपाल र सिङ्गो विश्व आक्रान्त भइरहेका बेला ऋषिङका युवा यसको नियन्त्रण…
