दमौली/कार्यकाल समाप्त भएका व्यास नगरपालिका क्षेत्रभित्रका विद्यालय व्यवस्थापन समितिको जिम्मेवारी वडा समितिलाई दिने व्यास नगरपालिकाले निर्णय गरेको छ । व्यास नगरपालिकाको सोमबार सम्पन्न बैठकले कार्यकाल समाप्त भएका विद्यालय व्यवस्थापन समिति वडाध्यक्ष वा निजले तोकेको सदस्यको संयोजकत्वमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
समितिमा विद्यालयका शिक्षक प्रतिनिधि समितिले मनोनयन गरेको एक जना महिला सहित २ जना अभिभावक सदस्य तथा विद्यालयका प्रधानाध्यापकलाई सदस्य–सचिव चयन गर्ने निर्णय गरिएको छ । समितिले विद्यार्थी भर्नाका आधारमा कायम हुने अभिभावकहरुको विवरणलाई आधार मानि २०७८ श्रावण मसान्त भित्र विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्यका लागि आवश्यक सहजीकरण गर्ने पनि नगरपालिकाले बताएको छ ।
व्यासमा अब नगर प्रज्ञा प्रतिष्ठान
कार्यपालिका बैठकले नगर प्रज्ञा प्रतिष्ठान गठनका लागि प्रक्रिया अघि बढाएको छ । आगामी नगर सभामा यसका लागि व्यास नगर प्रज्ञा प्रतिष्ठान विधेयक, २०७८ प्रस्तुत गर्ने निर्णय कार्यपालिकाले गरेको छ । नगरको ३५ औं नगर सभामा स्थानीय तहका स्थायी कर्मचारी समायोजन सम्बन्धी विधेयक, २०७८ पनि प्रस्तुत गरिने भएको छ । यसैगरी, आर्थिक विधेयक, २०७८ तथा नगरपालिका विनियोजन विधेयक, २०७८ पनि सभामा प्रस्तुत गर्ने निर्णय कार्यपालिकाले गरेको छ । बैठकले पुर्व नगर प्रमुख एवं हाल यस नगरपालिकाको कार्यपालिका सदस्य तमबहादुर दरैकी धर्मपत्नी टिकाकुमारी दरैको उपचारकै क्रममा पोखरामा भएको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
समाचार
-
दमौली/गण्डकी प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल ‘नेपाली’ गण्डकी प्रदेशको मूख्यमन्त्री बनेपछि…
-
-
-
-
दमौली/रक्तदाता दिवसको सन्दर्भ पारेर लायन्स क्लव अफ तनहुँ र लियो क्लव अफ दमौलीद्वारा आयोजित…
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँले जिल्लाका क्रियाशिल पत्रकारलाई पत्रकारिता प्रदान गरेको छ । सुक्रबार र…
-
-
चितुवा आक्रमणबाट बालिका घाईतेदमौली/व्यास नगरपालिका वडा नं. १२ की साढे दुई बर्षिया बालिका आईतवार…
-
विशेषसम्वाददाताविवादमा अल्मलिएको संवैधानिक इजलास बुधबारबाट समाप्त भएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले पाँच महिनाको…
