दमौली/गन्तब्य ढाँटेर प्लेट राखी यात्रु चढाएर बेच्ने सवारी साधनलाई तनहुँ ट्राफिकले कारवाही गरेको छ । तनहुँ ट्राफिक प्रहरीले लेखेको ठाउँमा नगई यात्रु बेच्ने वा भाडा फिर्ता दिने २१ सवारी साधनलाई कारवाही गरेको छ । तनहुँस्थित पृथ्वी राजमार्गका विभिन्न युनिटबाट गरिएको चेकका क्रममा ४० बसको चेकजाँच गर्दा २१ बसको प्लेट हटाइएको ट्राफिक तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । ‘नजाने ठाउँमा जाने भनेर प्लेट राख्दै भ्रम श्रृजना गरेका सवारीको प्लेट हटाएर कारबाही गरेर छाडेका हौं,’ उनले भने । यसक्रममा ट्राफिकले १९ वटा सवारी साधनहरूको कागज पत्र नियन्त्रण लिएको छ । उनीहरुको बोर्डहरू समेत जफत गरिएको ट्राफिकले जनाएको छ । गन्तब्य ढाँटेर यात्रुलाइ हैरान पार्नु पनि एक प्रकारको ठगी नै हो ।
समाचार
-
-
lyof] .
-
छन् ।
-
तनहुँका उद्योगी व्यवसायीको छाता संगठन तनहुँ उद्योग वाणिज्य संघको महाधिवेशन फागुन दोश्रो साता हुने…
-
तनहुँ कारागारका दुई सय ६९ जनाले मंगलबार कोभिड १९ विरुद्धको कोभिसिल्ड खोप लगाएका छन्…
-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।…
-
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भनेर प्रधानमन्त्री…
-
-