दमौली/व्यास नगरपालिका–१० दुम्सीमा रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई कोभिड अस्पताल बनाईने भएको छ ।
साउन ७ मा बसेको नगर कार्यपालिकाको बैठकले २५ शैयाको व्यास नगर कोभिड अस्पतालको रुपमा उक्त स्वास्थ्य केन्द्रलाई व्यवस्थापन गर्न समिति गठन गर्ने निर्णय गरेसंगै स्थानीय वासिन्दामा खुसी छाएको छ ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले सम्बन्धित वडाका वडाध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा पाँच सदस्य रहेको अस्पताल व्यवस्थापन समिति गठन गर्ने निर्णय गर्नुका साथै पिसिआर ल्याबका लागि आवश्यक जनशक्ति करार सेवामा लिन प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा छनौट समिति समेत गठन गरेको छ ।
यसका साथै बैठकले व्यास नगरपालिका वडा नं ७ शेषमटारमा व्यास नगर समता विद्यालय सञ्चालन गर्न सम्बन्धित वडा अध्यक्ष शतिषचन्द्र न्यौपानेको अध्यक्षतामा ५ सदस्यीय व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
वैठकले व्यास नगरपालिका वडा नं ८ बाचिमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
समाचार
-
दमौली/नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले कोभिड–१९ को दोस्रो लहरबाट आम नागरिकलाई बचाउन विभिन्न कार्य…
-
ऋषिङ/श्रृजनशील युवा मंचले तनहुँ ऋषिङका ४० घर परिवारलाई बाढी पहिरो प्रभावित राहत सामग्री वितरण…
-
-
दमौली/ व्यासनगरपालिका–६श्याम्घा मादीबेसी निवासी जयबहादुर परियारका स्रोह बर्षीय छोरा अरुणको रुख कटहर टिप्न जाँदा…
-
दमौली/जापानमा अध्ययनरत विद्यार्थीहरुको सहयोगमा सत्यवतीका ८ जना छात्राहरुलाई स्टेशनरी सामग्री प्रदान गरिएको सत्यवती माध्यामिक…
-
देउवाले पाए विश्वासको मतअग्नी परीक्षा सुरु, उत्तिर्ण होलान देउवा ?रमेश विकलमंगलबार असार २९ मा…
-
दमौली/प्राईम टिभिसंगको कुराकानीमा नेपाली काँग्रेसका पूर्वसहमहान्त्री गोविन्द राज जोशीले आफूहरुले नेपाली काँग्रेस तनहुँको जिल्ला…
-
-
दमौली/तनहुमा कार्यरत प्रहरी उपरिक्षक सरुवा भै गएपछि रिक्त रहेको पदमा भरखरै बहाली हुनुभएका उपरिक्षक…