दमौली/नेपाली काँग्रेस नेतृत्वले आफ्नो सैद्धान्तिक धरातल छोडेर सत्तास्वार्थमा राजनीतिक आर्दश मूल्य मान्यतालाई छोडेको निष्कर्षका साथ वी पी विचार राष्ट्रिय समाजको स्थापना भएको थियो । यो समाजले देशका सबै जिल्लामा शाखाहरु दर्ता गराएको थियो । सोही अनुरुप तनहुँ जिल्लामा दर्ता भएको वी पी विचार समाजले आफ्नो बाह्रौ साधारण सभा तथा छैटौं अधिवेशन आज बहिबार दमौलीमा गर्दैछ ।
नेपाली काँग्रेसमा दुई खेमा प्रष्ट रुपमा देखिएको छ । सत्तासिनहरु सत्तामोहले अधिनायकवादी चरित्रमा प्रस्तुत भैरहेका छन् भने सत्ता बाहिर रहेकाहरु नेपाली काँग्रेस नेतृत्वले नेपाली काँग्रेसको सिद्धान्त, मूल्य मान्यतालाई छोडेर सत्तास्वार्थका लागि जस्तो सुकै अराजनीतिक सम्झौता, सहकार्य र एकतापूर्ण गठबन्धन गर्न लागको निष्कर्षमा पुगेका छन् ।
नेपाली काँग्रेस भित्रको कूलबहादुर गुरुङ्ग, गोविन्दराज जोशी, विनयध्वज चन्द लगायतका स्थापित नेताहरु १२ बुँदे सहमतिदेखि नै फरकमत राख्दै वी पी विचार राष्ट्रिय समाजसंग आवद्ध रहेर सिद्धान्तच्यूत पार्टी नेतृत्वको विरुद्धमा आफ्ना धारणाहरु राख्दै आएको छ ।
पछिल्लो समय १४औं अधिवेशनमा आएर रामचन्द्र पौडेलले आफ्नो समूह त्यागेर शेरबहादुर समूहमा विलिन हुन पुगेपछि नेपाली काँग्रेसभित्रको वी पी वादलाई अहिले शेखर कोईरालाहरुको नेतृत्वमा रहेको समूहले आवाज उठाई रहेको छ । शेरबहादुर नेतृत्वले अगाडि सारेको सिद्धान्तच्यूत गठबन्धनका विरुद्धमा आवाज उठाई रहेको
छ ।
जिल्लातहमा धेरै निष्ठाबान कार्यकर्ताहरुले नेतृत्वको विरोध गर्दै पार्टीको साधारण सदस्यता समेत त्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएर आफ्नो सैद्धान्तिक धरातलको सुरक्षण देखाएका छन् । केहीले उम्मेदवारी नदिए पनि स्पष्ट विचार र दृष्टिकोण राखेर नेपाली काँग्रेसका कार्यकताहरुले वी पी वादलाई मान्नु पर्दछ । वी पीको– ‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन्, या त दास हुन्’ आर्दश बचन अनुसार नेतृत्वले गरेको गलत विरुद्ध विद्रोह गरेर राजीनामा दिएका छन् ।
वी पी विचारको आदर्श र सिद्धान्त बचाउन संगठित समूहले छैटौं अधिवेशनबाट असल नेतृत्व चयन गर्न सके, नेपाली काँग्रेस नेतृत्वले गरेको गलत कार्यबाट विचलित भएका निष्ठावान कार्यकतालाई संगठित गर्ने सामथ्र्य राख्न सक्दछ ।
वी पी विचार समाजको उद्देश्य अनुसार नेपाली काँग्रेसलाई वी पी वादको बाटोमा हिडाउन अर्थात फर्काउन सफल हुनेछ । आमकार्यकर्तालाई अहिले वी पी वादको सैद्धान्तिक धरातलमा उभिएको सवल नेतृत्वको अभाव खड्केको छ ।
समाचार
-
कक्षा ११ मा भर्ना खुलेको जनाकारीका साथ व्यानर झुन्ड्याउँदै परासर कलेजको टिम कमलबारीमा ।…
-
ऋषिङ/शिव सरस्वती माध्यमिक विद्यालय ऋषिङले प्राविधिक शिक्षा प्रदान गर्न प्रारम्भ गर्ने भएको छ ।विद्यालयले…
-
हुलाक टिकटको बढी मुल्य लिएको र जग्गा हराएको गुनासो दमौली/जिल्ला हूलाक कार्यालय तनहुँले पहिलो…
-
दमौली/कोभिड –१९ महामारीका कारण दुई वर्षपछि भएको माध्यमिक शिक्षा परीक्षा–२०७८ को नतिजा राष्ट्रिय परीक्षा…
-
डुम्रेबजार/पृथ्वीराजमार्गको तनहुँ डुंम्रेबजारमा मंगलबार एक बृद्धालाई ठक्कर दिएर निलोकालो रंगको मोटर साईकल फरार भएको…
-
दमौली/नेपाली काँग्रेसका आदर्श पुरुष बीपी कोइरालाको ४०औं स्मृति दिवस तनहुँमा छुट्टै कार्यक्रमका बीच काँग्रेस…
-
दमौली/साउन १५ गते बाट तनहुँको यातायात ब्यवस्था कार्यालय बिमलनगरबाटनै लाइसेन्स नवीकरण हुने भएको छ…
-
कांग्रेस केन्द्रको निर्णयः निर्वाचनमा तालमेल-बैठकमा कांग्रेस नेताहरुको बाझाबाझ
by Tanahu Awajby Tanahu Awajरमेश विकलनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले वैशाख ३० गते सम्पन्न स्थानीय तहको…
-
दमौली/गोवर्धन शर्मा स्मृति कोषले बुधबार एक विज्ञप्ति प्रकाशित गरी कोषले गम्भिरता पूर्वक मनन गरेको…
