दमौली/विश्व नेपाली साहित्य प्रतिष्ठान तनहुँको अध्यक्षमा सञ्चारकर्मी एवं साहित्यकार दिवाकर भट्टराई सर्वसम्मत रुपमा चयन भएका छन् ।
२०८औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य प्रतिष्ठान, गण्डकी प्रदेशको संयोजनमा सम्पन्न तनहुँ शाखाको प्रथम भर्चुअल मार्फत दिवाकर भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । भट्टराईले दमौली एफएममा डेढ दशकयता साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएरहेका छन् ।
कार्यसमिति उपाध्यक्षमा संगम सापकोटा(देवघाट गाँ. पा.),सचिव कल्पना घिमिरे (रिसिङ गा.पा.), कोषाध्यक्ष रामचन्द्र पौडेल( भिमाद न.पा),सह सचिवमा जुना खड्का
(शुक्लागण्डकी न.पा.), सदस्यहरूमा लक्ष्मी तिम्सिना (व्यास न.पा.), अमरराज नहर्की(बन्दीपुर गा. पा.), अञ्जना तिम्सिना(भानु न.पा.) र संदेश घिमिरे( म्याग्दे गा.पा.)चयन भएका छन् ।
सल्लाहकारमा आकाश अधिकारी र शिव आर्य चयन भएका छन् । कार्यक्रम विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनको प्रमुख आथित्यतामा प्रस्तावित विनेसाप्र जिल्ला समिति तनहुँ अध्यक्ष दिवाकर भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
विनेसाप्र केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले नेपाली भाषा साहित्यको विकासका लागि नेपालबाट सुरूवात भएको यो अन्तर्राष्ट्रिय अभियानले नेपाली भाषा साहित्यको विकासका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताए । त्यस्तै, संस्थाले विश्वभरिका नेपाली स्रष्टाहरुको पहिचानको लागि कार्य गर्ने समेत बताए ।
विनेसाप्र गण्डकी प्रदेश अध्यक्ष लक्ष्मीप्रसाद मिश्रले प्रतिष्ठानले देशका सबै प्रदेशका स्रष्टाहरुको अभिलेख राख्न आवश्यक भएको र त्यसको लागि गण्डकी प्रदेश लागि पर्ने जस्को लागि जिल्ला समितिले पहल गर्नुपर्ने बताए । उनले स्रष्टा परिचयपत्र आवश्यक रहेको कुराको समेत जिकिर गरे । विनेसाप्र विदेश विभाग प्रमुख खगेन्द्र बस्यालले संस्थाको विदेश विभाग गठनको क्रममा रहेकोेले गैरआवसीय नेपाली स्रष्टाहरु अभियानमा जोडिन आव्हान गरे ।
साहित्य
-
झुल्के भानु उज्यालिए हिमचुली पाखा पखेरा बनचम्के भानु उचालिए सुरसिला भाषा सुसेली कन।नेपाली पन…
-
मूर्तकला उपरकोटी सिद्धेश्वरी मा वि कक्षा १२ त्यो जुन के टाढा हो र ?त्यति…
-
१किरा नलाग्ने फल कहिँ भेटिदैन ।शत्रु नलाग्ने पल कहिँ भेटिदैन ।।सेवा नै परम् धर्म…
-
१यहाँ गरिबले पाएको चोट देखेपछि ।भाग्य, कर्म चारैतिर खोट देखेपछि ।।न्याय त एकैछिनमा विलिन…
-
एकनेताले देश दिनदिनै खोक्रो पार्दैछन् ।गुदी जति खाइसके बोक्रो पार्दैछन् ।।नागरिकको दुःख कसले बुझ्छ…
-
एकदुखले बनाएको थियो घर पहिरोले लग्यो यो साल ।तिजमा आउदिन आमा बाढीले पुल बग्यो…
-
लाग्दैन निन्द्रा घर माथिको डाँडा गलाउँछ कि कतै,परि रहन्छ पानी त्यो ठुलो ढुङ्गा चलाउँछ…
-
खै कस्तो प्रहर हो यो जिन्दगीको बुझ्नै सक्दिन आमा सात समुद्र पारि पर्देशिको अधिनमा…
-
अनुदान ! आउँदा आउँदै बाटोमा, छचल्किएर अनि, बाटाका हरेक बिसाइ अनि मोड र नाकाहरुमा…