दशैं अर्थात विजया दशमी, यो नाम उच्चारण मात्रले पनि हरेक नेपालीलको मनमा उमंग ल्याउने गर्छ । नारी प्रकृति हुन् र सृष्टीकी प्रतिक हुन् । उनैको पूजा आराधना गर्ने अनि प्रसाद स्वरुप निधारमा टिका लगाउने र कानमा समृद्धिको प्रतिक जमरा लगाउने पर्व हो दशैं । त्यसैले यो कुनै जाति, धर्म , सम्प्रदाय वा भूगोल विषेशको भन्दा पनि नारी जातिको सम्मान गर्ने सम्पूर्णं मानव जातिको पर्व हो यो । दशैसंग नारी पुजनको कुरा मात्र कहाँ जोडिएको छ र ? सहर देखि गाउँसम्म घरको लिपपोत तथा रंग रोगन गर्ने अनि बाटोघाटो, धारा– पंधेराको सरसफाई गर्ने, देश तथा विदेशमा रहेका आफन्त र प्रियजन जमघट हुने अनि मान्यजनबाट सुस्वास्थ्य, दीर्घायु र प्रगतिको आर्शिवाद लिने पर्व हो दशैं ।
आश्विन शुक्ल पक्षको प्रतिपदा देखि नवमीसम्म विभिन्न रुपका नारी शक्तिको पुजा आराधना गर्ने र दशमीका दिनमा प्रसाद स्वरुप टीका, जमरा लगाउने यो पर्व जातिका मात्र हुने कुरै भएन । सृष्टीकर्ता नारीको पूजा आराधन गरिने पर्व त सबै नेपाली र विश्व मानव समुदायको नै साझा पर्व पो हो त । विजया दशमी अन्र्तगत पहिलो दिन शैलपुत्रीको नाममा नारी शक्तिको पुजा आराधाना गरिन्छ भने दोस्रो दिन ब्रम्हचारीणी तथा तेस्रोे दिन चन्द्रघण्टाको पुजा गरिन्छ । यसरी नै चौथो दिन कुष्माण्डा तथा स्कन्दमाताको पाँचौं दिन र छैटौं दिन कात्यायनी तथा सातौं दिन कालरात्री को रुपमा नारी शक्तिको पुजन गरिन्छ । आठौं दिनमा महागौरी र नवौं दिनमा सिद्धिदात्रीको पुजा गरिन्छ । र अन्तिम दिनमा प्रसाद स्वरुप टीका तथा जमरा ग्रहण गर्ने गरिन्छ ।
असत्यमाथि सत्यको विजयका प्रतिकको रुपमा मनाइने यो पर्व वास्तवमै सम्पूर्ण मानव समुदायको साझा पर्व हो । यद्यापि यो वर्ष कोरोना संक्रमणका कारण आफन्त, प्रियजन ठूलो संख्यामा जम्मा हुने र भव्यताका साथ दशै मनाउने अवस्था रहेको छैन । अहिलेको दशैं भनेको जो जहाँ छौं, त्यही रहेर दशैं मनाउने र कोरोनाको संक्रमणबाट सुरक्षित रहने हो ।
स्वास्थ्य सुरक्षाका सबै विधिहरु अपनाएर दशैं मनाऔं भन्ने हाम्रो अनुरोध हो । संक्रमणबाट जोगिएर रहन सकेमा फेरी आगामी वर्ष हार्षाेल्लासका साथ दशैं मनाउन पाईन्छ । देवी दुर्गाले हामी सबैमा काम, क्रोध, लोभ, मोह जस्ता विकार त्याग्ने शक्ति प्रदान गरुन । विजया दशमीको अवसरका पाठक, विज्ञापनदाता, शुभेच्छुक, लेखक सबैमा हाम्रो शुभ कामना !
विचार/दृष्टिकोण
-
पृष्ठभूमिःदमौलीबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा असोज २७ गते एक समाचार प्रकाशित भयो ।…
-
सानो छँदाताकाको एउटा घटना याद आउँछ । हामी बाजे बज्यै सहित संयुक्त परिवारमै थियौं…
-
प्रदेश–५को राजधानी र नामको विषयमा सत्ताधारी दल नेकपाले जवरजस्ती गर्न खोजेको भन्दै असोज १९…
-
नेपाल गाउँ नै गाउँले भरिएको देश हो । नेपालको विकास गर्ने हो भने ग्रामिण…
-
नेपाली काँग्रेसका पार्टीमा पार्टीको सिद्धान्त विपरित काँग्रेस नेता तथा कार्यकर्ताहरुलाई पार्टीबाट निलम्बन गर्ने कुरा…
-
चिकित्सा शिक्षा र सेवा सुधारका लागि १९ औं पटक अनसनमा बसेका डा. गोविन्द केसीसंग…
-
–२०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगर पालिका, उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको…
-
हात र चल्नु, यी दुबै नेपाली भाषाका शब्दहरु हुन् । एउटा नाम र अर्काे…
-
पञ्चमुनीदेव मा.वि.को पत्र प्राप्त भएपछि निकै मेहनत गरेर मैले एउटा आर्टिकल लेखें। दोहो¥याइ देहे¥र्या…