चाडबाड धमाधम आउन थालेका छन् । अस्ति मात्र हामीले कुशे औंशी पर्व मनायौं । यसलाई बुबाको मुख हेर्ने दिनको रुपमा पनि चिनिन्छ । यही दिन नेपाली साहित्यमा युगकवि नामले सुपरिचित मोतीराम भट्टको जन्म भएको दिन पनि हो । विसं १९२३ भाद्र २५ गते कुशै औंशीको दिन जन्मेका मोतीले खासगरी आदिकवि भानुभक्तलाई आम नेपाली माझ परिचित गराउने काम गरे । भानुभक्तको जीवनी लेख्ने देखि उनका फुटकर कविताहरू र अन्य कृतीका बारेमा मोतीरामले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर गरेका हुन् ।
नेपाली भाषामा गजल लेखनको प्रारम्भ गर्ने मोतीराम श्रृंगार रसले भरिएका गजलहरु लेख्ने गर्दथे । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने व्यक्तिका रुपमा समेत परिचित मोतीरामले आफ्नो जीवनको छोटो कालखण्डमा नेपाली साहित्यमा मलजल मात्र गरेनन् यसको विकासमा उत्तिकै योगदान दिए । उनै मातीका प्रति उनको जन्मदिनको अवसरमा हाम्रो श्रद्धा सहित सम्झना !
अब आज मनाउँदै गरिएको पर्व तीजको कुरा गरौं । कोरोना महामारीका कारण यस पटकको तीज पनि महिला दिदी बहिनीका लागि वितेका वर्षहरुमा जस्तो उत्साह जनक नहुने भएको छ । घरबाट बाहिर निस्केन वातावरण नभएका बेला माइतीघर जाने, दिदी–बहिनी, साथी संगी भेट हुने र नाच गान गर्ने वातावरण यस पटक छैन । देशका अधिकांश भूभागमा निषेधाज्ञाको अवस्था छ । यातायातका साधन पूूर्ण रुपमा चलेका छैनन् ।
पहिलो कुरा त घर बाहिर हिड्ने वातावरण छैन अर्काे कुरा चाहेर पनि हिड्न सहज छैन । र चुरो कुरोे भनेको कोरोना संक्रमणबाट बच्ने हो भने यसपटकको तीज घरमै बसेर र आफ्नै परिवारसंग बसेर मनाउने हो । हाम्रो सामान्य असावधानीले हामी त संक्रमित हुन्छौं नै छोराछोरी, परिवारका अन्य सदस्य तथा इष्टमित्र र छरछिमेकीलाई समेत संक्रमणको जोखिममा लैजान्छौं । हामी घर बाहिर निस्के मात्र कोरोना हाम्रो घर आउने हो । त्यसैले यस पटकको तीज घर भित्रै बसेर अनि आफु र आफन्त सबैलाई सुरक्षित राखेर मनाउन आम नेपाली दिदी बहिनीसंग हाम्रो आग्रह साथै शुभ कामना !
विचार/दृष्टिकोण
-
२००४ सालमा संस्कृत छात्राबासमा जयन्तु संस्कृतीको आन्दोलन भएको थियो । त्यसको नेतृत्व श्रीभद्र शर्माले…
-
गत साउन १५ मा दार्चुला जिल्ला व्यास गाउँ पालिका–२ खाङदाङमालका जयसिंह धामी सोही गाउँ…
-
फागनु–३, २०७४ मा प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुँदा केपी ओलीबाट आम नेपालीले ठूलो अपेक्षा राखेका…
-
दमौली/तनहुँका दुई पत्रकार युवा पत्रकारिता पुरस्कारबाट मंगलबार पुरस्कृत भएका छन् ।नेपाल पत्रकार महासंघको आईतवार…
-
‘‘यो जुनीमा आईपीओ नै नपरी मरिन्छ क्या हो ? मलाई त यति कित्ता प¥यो…
-
पृष्ठभूमिःविभिन्न सञ्चार माध्यममा रौतहटका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई झुटो लागू औषध मुद्धामा प्रहरीले फसाँएको समाचार…
-
छैनन् । सोमबारबाट फेरी खाना पकाउने ग्याँसमा २५ रुपैयाँ मूल्य वृद्धि भएको छ भने…
-
जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी रहेर जनता माथि गर्ने शासन व्यवस्थालाई लोकतन्त्र भनेर मैले…
-
दाउरा आम पाठकले नबुझने कुरा भएन तर कतिपय पाठकलाई दबाई अपरिचित शब्द लाग्न सक्छ…
