नेपाली कांग्रेसको चौधौं महाधिवेशनको पाचौं पटक कार्यतालिका प्रकाशन भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्तिक ११ मा सम्पन्न बैठकले बाँकी रहेका डोल्पा, बाँके, कैलाली लगाएत १२ जिल्लाका नगर र गाउँका वडा अधिवेशन कार्तिक २७ बाट प्रारम्भ गरी केन्द्रीय महाधिवेशन मंसिर २४,२५ र २६ काठमाण्डौंमा गर्नेगरी पाँचौं पटक कार्यतालिका प्रकाशन गरेको हो ।
पछिल्लो पटक प्रकाशित कार्यतालिका अनुसार तनहुँ जिल्लाको प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ मा हुनेछ भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन मंसिर ७ मा र जिल्ला अधिवेशन मंसिर १० मा हुनेछ ।
२०७६ फागुनमा हुनुपर्ने महाधिवेशन एक वर्षपछि २०७७ फागुनका लागि तोकियो तर हुन सकेन । २०७८ भदौमा गर्ने भनि दुइ फरक मितिका लागि कार्यतालिका सार्वजनिक भयो तर ति मितिहरुमा पनि महाधिवेशन हुन सकेन । फेरी मंसिरका लागि तोकिएको महाधिवेशन उक्त मितिमा पनि नहुने भएको छ र मंसिर अन्तिम साता गर्नेगरी कार्यतालिका प्रकाशन भएको छ ।
बारम्बार कार्यतालिका परिवर्तन गर्दै वस्दै गर्दा कांग्रेसको विश्वासनियतामा ह्रास आउने चिन्ता आम कांग्रेसजनमा छ । यसले निर्वाचनका बेला नकारात्मक परिणामका लागि बल पुग्ने उनीहरुको चिन्ता हो । यो स्वाभाविक चिन्ता पनि हो किनभने यसले कांग्रेस आफुले भनेको काम समयमा गर्दैन भन्ने बुझाई आम मतदातामा बन्न सक्छ । अझ वाकपटु प्रतिपक्षी दलका नेता केपी ओलीले कांग्रेस महाधिवेशन गर्न नसक्नेगरी बुढो भएको भनेर गर्न थालेको प्रचारले थप गलत बुझाई बन्न सक्छ । त्यस माथि मंसिरसम्ममा महाधिवेशन नगर्दा कांग्रेसको संवैधानिक हैसियत गुम्ने र आगामी निर्वाचनहरुमा भाग लिन नपाउने अवस्था आउने भन्ने कतिपय कानून व्यवसायीको तर्कले आमकांग्रेस जनमा चिन्ताको बादल मडारिएको छ ।
यी सबै कुराको मनन गर्दै नेतृत्वले आ–आफ्ना दाउपेच भुलेर पछिल्लो पटक निर्धारित मितिमा चौधौं महाधिवेशन सम्पन्न गरोस् र आम कार्यकर्ता र शुभचिन्तकको चिन्ता निवारण गरोस् साथै पार्टीलाई पुनर्जीवन प्रदान गरोस् ।
विचार/दृष्टिकोण
-
…के गर्नु सर जति भनेपनि लाग्दै लाग्दैन । अलिअलि हाकीदाकी त गर्छु, टेर्दैैन ।…
-
दशैं सकिनै लाग्दा देशका विभिन्न भागमा झण्डै हप्ताभरी भएको बेमौसमी वर्षाका कारण धानका धनी…
-
पृष्ठभूमिःविपरित वकपत्र अर्थात होस्टाईल । विशेषतः जाहेरवालाले अदालतमा पुगेर जाहेरी व्यहोराको उल्टो वत्रपत्र गर्नुलाई…
-
आइतबार अक्टोबर १७ मा विश्व गरिबी निवारण दिवस मनाइयो । कोरोनाका कारण विश्वभर झण्डै…
-
-
राष्ट्रिय सम्मानका हकदार लैंगिक हिंसापूर्ण अन्याय विरुद्धका यी अभियन्ता
by Tanahu Awajby Tanahu Awajअशिक्षा र गरिवीले आक्रान्त नेपाली समाजमा बोक्सीको आरोपमा होस्, सम्पत्ती हडप्ने दुराषयले होस् वा…
-
पृष्ठभूमिःलोकतन्त्रको आगमन पछि न्यायालयको साख ओरालो लागेको छ । सर्वोच्च अदालतका छ जना अस्थायी…
-
के यस्तै हुन्छ/गरिन्छ ?जताततै विजया दशमीको चर्चा छ, यतिबेला । संगै शिक्षा विकास तथा…
-
दमौली/गण्डकी प्रदेशका समानुपातिक सांसद डोवाटे वि.क.ले सोमबार विनाविभागिय मन्त्रीको सपथ ग्रहण गरेका छन् ।…
